हिमालको पर्खाल नभएको नेपाल भारत सम्बन्ध र लोकतन्त्रका कित्ताहरु


नरदेव गोर्खाली
भारतको प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको जन्मदिनमा बधाई दिने बेलामा ३० महिनामा बन्ने परियोजना १७ महिनामा समाप्त गरेर नेपाललाई अनुकरणीय मित्रताको नासो सुम्पेका भारतीय प्रधानमन्त्रीलाई स्मरण गर्नु पर्ने नै भो कृतज्ञताकालागि भएपनि किनकी नेपाली परम्पराको त्यो पनि सुन्दर धरोहर हो । नेपाल र भारतको मित्रतामा आधारित पेट्रोलियमको पाइपलाईन परियोजना सञ्चालनमा आएको छ र यसले नेपालको ठूलो आर्थिक भार जोगाएको छ । नेपाल भारतको जनस्तरको सम्बन्धमा यो दुरगामी प्रभावको परियोजना हो जसले नेपाल भारत सम्बन्धमा नया आयाम थपेको मात्र होइन भारतले आफनो ठूलो लगानी सहित यो परियोजना अगाडि बढाएर नेपाल भारत मित्रतालाई जनस्तरमा नै एउटा नया मिसाल बनाएको छ । धेरै समय कुरा मात्र भएको तर पछिल्ला दिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमन पछि भारतले नेपाली जनताको स्वार्थ र चिन्तालाई कसरी सम्बोधन गरिरहेको छ भन्ने यो एक नया मिसाल हो आज पनि । नेपाल र भारतको यो परियोजना ३० महिनामा बन्ने योजना राखिएकोमा १७ महिनामा पुरा भएको मात्र होइन नेपालको ठूलो खर्च जुन ढुवानीमा हुने गरेको थियो त्यसको बचतले नेपालको बिकासमा ठूलो टेवा दिएको छ । यो योजनामा देखाइएको तदारुकता भारतले नेपाली जनतालाई दिएको महत्व स्पष्ट हुन्छ । यस अगाडिका दिनमा नेपाल भारतका परियोजना ढिलाई हुने आरोपमाथि यो एउटा चोटिलो प्रहार हो ।
त्यसो त यो पाइपलाईनले नेपाली जनताले दिने सहजता धेरै छन यो परियोजनाको लागत जुन भारतले ब्यहोरेको छ त्यो एउटा केबल मित्रको रुपमा ब्यहोरिएको छ । सबैभन्दा सुन्दर पक्ष यो लागतको रकम दुइ बर्षमा नै उठनेछ यो नेपालकालागि कति खुसीको कुरा हो भनिरहनु पर्दैन र यसकालागि भारत सरकार ध्रन्यबादको पात्र छ । यो परियोजना नेपाल र भारतका प्रधानमन्त्रीले उदघाटन गरेको दिन नेपालमा पेट्रोल र डिजेलको मूल्य घटेको थियो यो नै जनताको स्तरमा गएको बलियो सन्देश हो किन भारतले नेपाली जनतालाई त्यस्तो सहयोग दियो जसले गरिब नेपाली पनि अनुभूत गर्न पायो र नेपाली जनताका महगी घटाउन पनि यो सहयोग उपयोगी देखियो ।

त्यसो त भारत नेपालको शुरुदेखिको सहयोगी देश हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमन पछि भारतीय प्रधानमन्त्रीको पटक पटक नेपाल भ्रमणले नेपालको बारेमा भारत समेत संसारका देशमा जानाकारी पुगेको छ । नेपालका धार्र्मिक पर्यटकीय स्थानहरुमा पर्यटक बढेको समाचारको एउटा पाटो मोदीको पटक पटक नेपाल यात्रा पनि हो ।

त्यसो त छिमेक मित्र देश भारत आजको दिनमा बिश्वको राजनीतिमा पनि उदाएको. देश हो । बिश्वको बिशाल लोकतन्त्र भारतले आजको दिनमा बिश्वलाई नै लोकतन्त्र र अहिसाको बलियो सन्देश दिएको छ यो नै आजको भारतको बिश्वको पहिचान हो बिश्वका धेरै जनताले मतदान गरेर सरकार छान्ने भारत पहिलो देश हो । केही दिन अगाडि भारतले स्वतन्त्रता दिबस पनि मनाएको थियो । अग्रेजहरुको दासताबाट छिमेकी देशले मुक्ति पाएको यो स्मृतिले हरेक नेपाली नागरिकलाई पनि गौरब गराउंछ किनभने हिजोको नेपाली पुस्ताले आजको भारत स्वतन्त्र गराउनकालागि भारतमै पढेर पनि भारतीय स्वतन्त्रताकालागि लडेको थियो, त्यसैले आजको दिनमा नेपाल भारतको स्वाभिमान र लोकतन्त्रमा खुसी हुनै हैसियत पनि राख्छ, नेपाल । यो नेपाललाई भारतको अतितले दिएको उपहार पनि हो ।
आजको दिनमा भारत लोकतन्त्रसंगै उसले गरेका आर्थिक उपलब्धीहरु सबैका अगाडि छन । बहुआयामिक देश भारतले बिश्वको बिशाल आर्थिक शक्तिको रुपमा आफुलाई उभ्याएको छ त्यो पनि लोकतन्त्ररुपी सुन्दर गहना लगाएर त्यसैले नेपाली जनता जो लोकतन्त्र चाहन्छन उनीहरुले भारत चीन बीच समदुरीको कुरा गर्नु अलिक हास्यास्पद हुन्छ एकातिर लोकतन्त्र र खुल्ला सीमा अर्कोतिर पासपोर्ट र एकदलीय तानाशाही शासन त्यो रुप नै यसका लागि प्रष्ट छ नेपाली बामपन्थीहरुले नेपाल भारत र नेपाल चीनबीच समदूरीको कुरा गर्नु आफैमा हास्यास्पद कुुरा हो ।
नेपाल र भारतको सम्बन्ध आजको होइन यो हिजोको सीता संग रामको बिबाह भएदेखिनै नाता जोडिएको दिनदेखिको सम्बन्ध हो । त्यसैले यो सम्बन्ध बिश्वका अरु कुनै देशसंग तुलना गरिने सम्बन्ध होइन । नेपाल र भारतको मित्रता कुनै सरकारले बनाएको सम्बन्ध पनि होइन यो भूगोल संस्कृति र सामाजिक बन्धनले बनाएको सम्बन्ध हो जुन कुनै सरकारले चाहेर भत्काउन सक्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समय अगाडि नेपाल भ्रमणमा आएको बेलामा भनेजस्तै नेपाल भारत सम्बन्ध भूगोल संस्कृति समाजले मात्र होइन हिमालय र गंगाले बनाएको सम्बन्ध पनि हो । यो इतिहासको लामो अध्यायले बनाएको मित्रता हो, जसलाई कसैले चाहेर पनि तोडन सक्दैन । नेपाल र भारतबीचको सम्बन्ध दुई देशका जनताको मात्र होइन यसका भौगोलिक समानता, सांस्कृतिक एकता र सामाजिक एकताले स्थापित गरेको सम्बन्ध हो । नेपाल र भारतका बीचको सम्बन्धमा कुनै हिमालयका पर्खालहरु छैनन जसले यताको हाबा यतै रोकोस र उताका हाबा उतै रोकोस । नेपाल र भारतको सीमामा दुबै देशको हाबा दुबै देशमा बहन्छ त्यसैले पनि यसको निकटताको मापन अरुसग तुलना हुन सक्दैन जहा हिमालयले त्यो अबरोध गरिरहेको हुन्छ । त्यतीमात्र होइन इतिहासमा भगबान बुद्धले नेपालमा जन्म लिएपनि उनले ज्ञान भारतको गयामा प्राप्त गरेका थिए त्यस्तै भारतको पबित्रभूमि अयोध्याका राजा रामले अयोध्यामा जन्म लिएपनि नेपालको जनकपुरमा आएर उनले सीतासंग बिबाह गरेर जुन इतिहास रचे त्यसको आफनै सभ्यता रहेको छ र यो भगवानको इतिहासले पनि नेपाल भारत मित्रताको यो पाटोलाई रोमान्चक बनाएको छ अर्र्थात एकअर्कालाई एउटै गाठोमा बाधेको छ । सीतारामको त्यो मिलन र भगवानको बुद्धको जन्म र कर्मभूमिको इतिहासले नेपाली तथा भारतीय सभ्यतालाई आजका दिनमा झन गौरबमय बनाएको छ जुन आजको सत्य पनि हो आजका दिनमा सबैले सोच्ने कुृुरा के हो भने मित्रताको नया अध्यायमा आर्थिक समृद्ध, बिकास र लोकतन्त्र दुबै देशको समान धर्म बनोस । आजका नेपाल र भारत पूर्बीय सभ्यताको पबित्र देबभूमिमात्र होइनन आयार्नसंस्कृतिको धरोहरको रुपमा आफनो इतिहांसनै बनाएको पबित्र भूमि पनि हुन । भगबान बुद्ध र सीता जन्मेको यो पाबन भूमिमा खुल्ला सीमाना भएको एकमात्र दक्षिणी बिशाल लोकतन्त्र भारतको प्रधानमन्त्री मोदीले केही समय अगाडि आएर नेपाली जनताको मन जितेर गएका थिए । यो नेपाली जनताकालागि उत्साहको बिषय पनि हो आशा गरौ केही साना तिना अबरोधले नेपाली र भारतीय जनताको बीचमा रहेको सम्बन्ध सुमधुर नै हुनेछ । नेपालको छिमेक जो जनसंख्याका दृष्टिले बिश्वको बिशाल लोकतन्त्र समेत हो त्यो नेपालको लोकतन्त्र र बिकासकालागि एउटा खुल्ला बजार र मौका पनि हो जुन कुरा केही समय अगाडि भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले सबैका अगाडि दोहोराएका थिए उनले । सोमनाथको भूमि हुदै बिश्वनाथको गंगादेखि पशुपतिनाथको बागमतिमा धेरै पानी बगेको अबस्था छ । एशियाको राजनीतिमा पनि त्यस्तै अबस्था आएको छ एशियामा आतंकबादले नया रुपहरु लिएको अबस्था छ पाकिस्तानले कश्मीरको मामिलामा भारतलाई सताउनकालागि आफनो देशलाई आतंकबादीको स्वर्ग बनाएको छ र पछिल्लो दिनमा उसको तालिबानसंगको हिमचिमले त्यसलाई पुष्टि गरेको छ । भारतले कश्मीरमा धारा ३७० हटाएपछि पाकिस्तानले देखाएको हास्यस्पद भूमिकाले उ आजको दिनमा अन्तराष्ट्रिय राजनीतिमा एक्लो बन्दै गएको छ किनकी कश्मीर भारतको अभिन्न अंग हो बरु बलुचिस्तान उसको बिबादित भूमि हो बलुचहरुको स्वतन्त्रताको लडाईमा पाकिस्तानले उनीहरुलाई दबाएर राखेको छ तर दुखका साथ भन्नुपर्छ आजको दिनमा अफगानिस्तानमा तालिबानको उदयले अलकायादा मात्र होइन नेपालको राजधानी काठमाण्डौबाट भारतीय जहाज अपहरण गरेर नेपालको पर्यटनलाई ्ध्वस्त गर्ने पाकिस्तान संरक्षित जैस ए मोहमदको मसुद अजहरको मनोबल बढेको छ किनकी उनीहरुले जहाज अपहरण गरेको लगेको कन्दाहारमा उनीहरुकै जगजगी छ । त्यो पृष्ठभूमिमा नेपालले जिम्मेबारीका साथ आफुलाई उभ्याउनै पर्छ । नेपालले कश्मीर मुद्दामा खुल्ला रुपमा छिमेकी भारतको समर्थन गर्नु पर्छ किनभने त्यो भारतको आन्तरिक मामिला हो । भारतको दुश्मन नेपालको मित्र हुन सक्दैनन यो हिजो आज र भोलि पनि खुल्ला सत्य हो र यो नेपालको बिदेश नीतिको आधारशीला बन्नु पर्छ किनकी नेपाल र भारतबीच खुल्ला सीमा भएको कारण भारतले नेपालबाट यति अपेक्षा गरेको अबस्थामा त्यो उसको अपेक्षा स्वाभाबिक हो । नेपालमा पटक पटक पाकिस्तानी आतंकबादीले नेपालको त्रिभुवन बिमानस्थलको प्रयोग गरेर बीरगन्ज सम्म पुगेर बेपत्ता भएको जुन खबर आएको छ त्यो भारतकालागि चिन्ताको बिषय हो भने नेपालले पनि त्यसमा चिन्ता गर्नु पर्छ । नेपाल भारत सम्बन्धका दुश्मनहरु धेरैतिर छन तिनीहरुलाई पराजित गर्दै नेपाल भारत सम्बन्ध निरन्तर सुमधुर रुपमा बग्नुपछ । इतिहासका कालखण्डमा लगातार बगेको पानीमा नेपाल भारत सम्बन्धलाई धमिल्याउने धेरै कुडाकर्कट बगेर गए होलान भन्ने बिश्वास गर्दै नेपालमा नयाँ उज्यालो र बिहानीको कल्पनामा हामीले नया अध्यायहरुको खोजी गर्नु पर्ने हुन्छ । त्यो नेपाली जनताको आर्थिक हितकालागि नै हुनुपर्छ ।नेपाल भारत सम्बन्धमा नेपाली लोकतन्त्रले भारतीय लोकतन्त्रको मर्म बुभmयो भने त्यो असम्भब पनि होइन त्यस्तै भारतीय लोकतन्त्रले पनि नेपालको आर्थिक बिकास र साझेदारीमा नेपाललाई दिल खोलेर सहयोग गर्ने जुन पछिल्लो दिनमा देखाएको छ यसको तुलना कसैसंग हुन सक्दैन ।। नेपाल र नेपाली जनताले भारतको छिमेकी भएका नाताले बिश्वमा गर्ब गर्ने मौका पाउनेछन किनकी हामी बिश्वको बिशाल लोकतन्त्रको छिमेकका बासिन्दा हौ ।
हिजोका दिनमा नेपाल भारत सम्बन्धलाई जनस्तरमा धमिल्याउन खोज्नेहरु पनि पछिल्लो दिनमा भारतका प्रधानमन्त्री मोदीले उनको कार्यकालको हरेक समय सकारात्मक सन्देश दिएका कारण आजको दिनमा नेपाल भारत सम्बन्धका उरण्ठेउला स्वरहरु पनि निरन्तर पश्चातापको भाषा बोल्दैछन । यो नेपाल भारत सम्बन्धमा नया आरम्भ पनि हो जुन नेपाल भारत पाइपलाईनले नेपालको आर्थिक भार घटाएपछि देखिएको छ । हिजोका दिनमा जलस्रोत समेत पञ्चेश्वर परियोजनाको बिरोध गरेर देशमा आतंक मच्चाउनेहरु पनि आज नेपाल भारत पाइपलाईने परियोजना नेपालको हितमा रहेको दाबी गरिरहेका छन उनीहरु पनि यो काम गर्न ढिलाई गर्नु हुदैन भनिरहेका छन यो उनीहरुले ढिलै भएपनि बुझेका छन यो खुसीको कुरा हो । यस पृष्ठभूमिमा भारतका नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो प्रधानमन्त्रीको शुरुवातमै सार्कको एक सदस्य राष्ट भुटानपछि बिगतमा नेपालको भ्रमण गरेर नेपालसंगको मित्रतालाई उच्च महत्व दिएको कुरा इतिहास बनिसकेको छ ।

सोमनाथको भूमिदेखि बिश्वनाथ हुदै जनकपुरसम्म मुक्तिनाथदेखि पशुपतिनाथसम्मको मोदीको अतितको यात्राको राप नेपाल भारत सम्बन्धमा पनि बहुआयामिक छ यो राप र तापको मित्रता भूगोल संस्कृतिले मात्रै होइन एउटा समान सभ्यताको मित्रताको रुपमा पनि अनुमोदन गरेको छ ।

दक्षिण कोरिया देखि जापानसम्म अरबदेखि खाडीका देशसम्म आफनो रोजगारीकालागि लामो लाइनमा बसेको नेपाली पुस्ताले नेपाली गणतन्त्रलाई प्रश्न सोध्न थालेको छ । किनकी आजको युबा जमात हिजोको जस्तो उधारो आश्वासन चाहंदैन । आजको नेपाली युबाहरुले अगाडि बढन खोजेको छ उ भित्र पनि मेरो देश बिश्वको बस्न लायक देश हो भन्ने घमण्ड बढदैछ । उसले बिजुलीमा चल्ने रेल देखेको छ त्यो मेरो देशमा किन सम्भव छैन भन्ने प्रश्न गर्न थालेको छ । उसले बिदेशमा ठूला ठूला राजमार्ग पनि देखेको छ उसले जल उर्जाले बिदेशमा चलेका ठूला ठूला उद्योग पनि देखेको छ । उसले छिमेकी भारतमा एकलाखमा पाइने टाटा नानो देखेको छ तर उसले नेपालमा एउटा मोटरसाइकलाई त्यसको दोब्बर मूल्य तिरिरहेको छ त्यो पनि त्यो युवाको आक्रोश बन्न थालेको छ उसले टाटा नानो उधोगलाई उर्जाको अभाब नहुने हो भने उसको देशमा नै बन्छ भन्ने उसले बुझेको छ । हामी त्यो बाटोमा अगाडि बढदैछौ र यसमा पनि भारतको सहयोग उल्लेखनीय रहेको छ । त्यतीमात्र होइन नेपाली पुस्ताले आठलेनको सडक पनि देखेको छ त्यो पनि उर्जा र पर्यटनको प्रचुर उपयोग रे ब्यापार गरेर धन आर्जन गर्ने हो भने यो देशमा आफनै कमाइले नै बन्छ भन्ने समेत अहिलेको आइफोन र एण्ड्रोएड बोक्ने पुस्ताले बुझेको छ । उर्जाको धनी देशको बासिन्दा भएकोले उर्जाले चल्ने रेल पनि मेरो देशमा चल्छ भन्ने कुरा त्यो आजको नेपाली युबाले अरुको देश हेरेर पनि बुझेको छ । यो रोडम्यापको कल्पना गर्ने नेपाली युबाले आजका दिनमा नेपाल भारत सम्बन्ध सुमधुर गरेर एक अर्काबीच सहयोग आदान प्रदान भएको देख्न चाहेको छ जुन अमेरिका र क्यानडाको जस्तो होस । त्यो पुस्ता आफनो बारेमा सोच्दैछ त्यसैले त्यो युबाले आजको भारतमा जे देख्दैछ त्यो उसको देशमा पनि देख्न चाहन्छ । नेपाल भारत मित्रतामा आर्थिक सहयोगका ढोका खोल्न सहयोग गरोस यो नै आजको दिनमा बिशाल लोकतन्त्र भारतबाट नेपालले गरेको अपेक्षा हो । भारतले नेपाललाई लोकतन्त्रको बाटोसंगै आर्थिक क्षेत्रमा सगसगै लैजान सहयोग गरोस । यो नेपाली युबाहरुको मनभित्र रहेको आशा हो । पछिल्ला दिनमा नेपाल भारतबीचका आर्थिक सहकार्यले सबैलाई उत्साहित बनाएको छ भारतको आर्थिक उन्नतीसंग नेपाल पनि एउटा औधोगिक क्रान्तिमा अगाडि बढोस र भारतको बजार नेपालले पनि प्राप्त गरोस यो कामना र सपना त्यो बेला मात्र सम्भव छ जब नेपाल र भारतको सम्बन्ध आजको अमेरिका र क्यानडाको जस्तो निरन्तर मैत्रपूर्ण रहनेछ जहा त्यसलाई भाडन खोज्नेहरुको अस्तित्व नै रहदैन । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीलाई नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले आज उनको ७१ औ जन्मदिनको दिनमा बधाई शुभकामना दिएर पशुपतिनाथको देशबाट बिश्वनाथको देशलाई हार्दिक मित्रताको सन्देशमात्रै दिएका छैनन दुबै देश लोकतन्त्रको कित्तामा निरन्तर सगै हिडिरहने सहयात्री भएको खुल्ला सन्देश पनि दिएका छन र यो आजको दिनमा धेरै अर्थपूर्ण सन्देश हो ।    [email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?