कांग्रेसका नेता पीएल सिंहले सुप्रशिद्ध प्रवल जनसेवाश्री’ अस्वीकार गरे


काठमाण्डौ । ( असन बजार पत्रिका )नेपाली काग्रेसका नेता एबम २०४६ जन आन्दोलन र २०४२ सालको सत्याग्रहका सञ्चालक पिएल सिहर्ले  मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएलगत्तै भने, ‘यो सम्मान ग्रहण गर्नु मेरो नैतिक मान्यताविरुद्ध छ । मैले २०४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको यो संविधानलाई स्वीकार गरेको छैन। त्यसैले यो संविधानअन्तर्गत दिइएको यो विभूषण मलाई स्वीकार्य छैन।’राज्यका नाममा दिइने सम्मान स्वीकार, अस्वीकार तथा बहिष्कार गर्ने आफ्नो अधिकारको प्रयोग गर्दै आफूले यो निर्णय गरेको सिंहले बताए।२०६३ वैशाख ११ गते विघठित प्रतिनिधिसभा व्युँताइएपछि त्यसको वैधानिकता र नैतिक हैसियतलाई प्रश्न गर्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सिंहले सदनमा उपस्थित नहुने अडान लिएका थिए।

सिंह सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका अध्यक्ष पनि हुन्। भट्टराईलाई यसपल्ट सरकारले ‘नेपाल रत्न’ द्वारा विभूषित गर्ने निर्णय गरेको छ। यो सबैभन्दा ठूलो विभूषण हो। सिंहले अस्वीकार गरेको सुप्रसिद्ध प्रवल जनसेवाश्री चौथो ठूलो विभूषण हो। नेपाली काग्रेसका नेता पिएल सिंहले २०४७ सालको संबिधानलाई षडयन्त्रपूर्ण तरिकाले हटाइएको अडान सहित नेपाली काग्रेसको केन्दिय समितिमा बस्न समेत अस्वीकार गदै आएका छन । सिंहले २०४२ सालमा नेपाली काग्रेसको सत्याग्रहको बेला रामराजा प्रसाद सिंहले तात्कालिक सांसद भवनमा बम बिष्फोट गरेपछि तुरुन्तै सत्याग्रह स्थगित गरेर अन्तराष्टिय ख्याती समेत कमाएका थिए । अमेरिका बेलायत भारतीय अखबारले नेपाली काग्रेसलाई जिम्मेबार राजनीतिक दलको रुपमा उल्लेख गरेका थिए । त्यसको लगत्तै २०४६ सालमा नेपाली काग्रेसको जन आन्दोलनमा राष्टिय तथा अन्तराष्टिय समर्थन प्राप्त भएको थियो । सिंह नेपाली राजनीतिमा निकै लोकप्रिय नेता हुने  उनले आजको सुधारिएको काठमाण्डौको जग आफु मेयर भएको बेला नै राखेका थिए तर उनलाई धेरैतिर बाट काम गर्न दिइएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?