तालिबानको काबुलमा रोइरहेका तसलिमा नसरिनहरु


काबुलमा तालिबानले फेरि कब्जा जमाएको पनि केही समय भएको छ । अघिल्लो महिनाको १५ अगस्तदेखि तालिबानले काबुल कब्जा गरेपछि सबैको ध्यान अफगानिस्तानमा छ बिगत बीस बर्षमा स्वतन्त्रता प्राप्त गरेका महिलाहरु पछिल्लो दिनका केही घटनाहरुलाई हेर्दा उनीहरुभित्र अस्वाभाबिक निराशा छाएको छ उनीहरु बिगत र भबिश्यलाई लिएर तुलना गरिरहदा छागाबाट खसेको जस्तो भएका छन । बाहिर जे भनिएपनि तत्कालको लागि तालिबानहरुले दोहामा अमेरिकासंग गरेको सम्झौता लगभग भंग भएको देखिएको छ यो अमेरिकीहरुको लज्जास्पद पराजय हो भियतनाम भन्दा पनि । अमेरिकीहरु यस पटक पाकिस्तानमाथि भर परेर घुमाउरो शैलीमा चीनको चलाखीमा त परेनन भन्नेसम्मका कफी गफ अहिले पञ्जशीर घाटीमा अहमद मसुदका समर्थकहरुले गरिरहेका छन ।अफगानिस्तानमा समाबेशी सरकार बनाउने कुरा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले एससिओ बैठकमा बोलेको भोलिपल्ट तालिबानको तर्फबाट काबुलको निर्णय अरुले गर्ने कुरा होइन भन्दै समाबेसी सरकारको कुरालाई उनीहरुले अस्वीकार गरेका छन तुरुन्तै । तालिबानहरुले दोहाको गर्मीमा अमेरिकी अधिकारीहरुसंग चिसो जुस पिउदै महिलाहरुको स्वतन्त्रताको बारेमा गरेका मौखिक प्रतिबद्धता हुन वा मानब अधिकारको पक्षमा उनीहरुले गरेको लिखित प्रतिबद्धता ती सबै काबुलमा पडकिएका गोलीहरुले हावामा उडाइदिएको छ । पछिल्लो दिनमा तालिबानले महिलामाथि नयां प्रतिबन्ध लगाउने घोषणाले अफगानी महिलाहरु थप आक्रोशित बनेका छन । आजको दिनमा देखिएको कुरा के हो भने तालिबानहरुले इस्लामिक कानुन शरियत लागु गर्ने कुरा गरिरहेको बेलामा उनीहरु महिलाहरु प्रति नरम ब्यबहार राख्छन भनेर पत्याउने अबस्था छैन तर अफगानिस्तानको बिकास र आर्थिक अबस्थालाई सुधार गर्न उनीहरुसंग अन्तराष्टिय जगतको भावनालाई अस्वीकार गर्ने अबस्था छैन । दोहामा अमेरिकी अधिकारीहरुसंग मैत्रीपूर्ण वार्ता गर्दै बिश्व समुदाको चिन्ता सुन्ने अब्दुल गनी बरादर नया नेता चुनिएको भए एउटा तश्वीर आउने अनुमान थियो । तर ठीक उल्टो काबुलमा उनीहरुको बीचमा गोली चलेर बरादर घाइते भएको खबर बाहिर आयो जुन एक प्रकारले दोहा सम्झौताको टाउकोमा तालिबान हार्डलाईनरहरुको ठाडो प्रहार थियो अन्तराष्टिय जगतकालागि । तालिबान भित्र हार्डलाईनरहरु महिलाहरुलाई अधिक स्वतन्त्रता दिने पक्षमा छैनन यो कुरा उनीहरुले लुकाएका छैनन कुनैबेला पनि । यो उनीहरुको धार्मिक मान्यता बिरुद्धको कर्म हुन्छ भन्ने मान्यता राख्दैछन उनीहरु । तर अफगानिस्तानमा अनुदारबादी सरकार बिश्व बैक देखि आइएफएम र एडिबीकालागि पनि स्वीकार्य हुन सक्दैन झन त्यसमा पनि महिलास्वतन्त्रता बिरोधी छबि र मानवअधिकारको पक्षमा दोहोरो मापदण्ड युरोप अमेरिका समेतले पनि स्वीकार गर्ने अबस्था छैन आजको दिनमा ।

पछिल्लो दिनमा तालिबानको बारेमा आएका खबरहरु उनीहरुले जेसुकै भने पनि काबुलदेखि कन्दाहारसम्म देखिएका दृष्यहरु उतीसारो बिश््रवासिला छैनन । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ यो अब कुरा गोप्य रहेन खुल्ला रुपमा नै बाहिर आइसकेको छ । यो सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा थप कडा पार्दै जाने संकेत गरेको छ। महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई स्कुल जानबाट रोक्ने लगायतका कदमहरू चाल्न थालेका छन । त्यसो त तालिबानको विगतको शासन क्रूर एवं दमनकारी रहेकाले यस पटक उनीहरूले स्वतन्त्रता र उदारतालाई प्राथमिकता दिने गरेको घोषणा पनि क्रमशः लागू नहुने र विगतको जस्तै कठोर शासन सञ्चालन गर्ने केही संकेतहरु उनीहरुले दिएका छन ।अफगानिस्तानको परराष्ट्र मन्त्रालयकी एक वरिष्ठ अधिकृतले सेवाबाट बर्खास्तीमा परेपछि आफूहरू ठूलो पीडामा परेको एएफपीलाई बताएकी छिन् यो भन्दा तालिबानहरुको नांगो नाच अरु के हुन सक्छ र ? । बिदेश मन्त्रालयमा काम गर्ने थुप्रै महिलाहरूले जागिर गुमाउनु परेको छ। जसले महिलाहरूले मरेतुल्य हुनु परेको टिप्पणी उनीहरुले गरेका छन् । यो कुरा त्यो ठाउमा मात्रै सिमित छैन राजधानी काबुलको एक नगरपालिकाका मेयरका अनुसार त्यहाँ कार्यरत महिला कर्मचारीको स्थानमा अब छिट्टै पुरुष कर्मचारी भर्ना गरिनेछ र तालिबानहरुको आदेश स्वीकार गरिनेछ । शिक्षा मन्त्रालयले पछिल्ला दिनहरूमा पुरुष शिक्षक र विद्यार्थीहरूलाई मात्र अध्ययन अध्यापनमा फर्किन आग्रह गरेको छ यो पनि एउटा नयां बखेडा हो जहां कथनी र करनीमा एकरुपता देखिएको छैन ।

यद्दपी नयाँ शासकहरूले यस किसिमको औपचारिक नीतिको घोषणा भने गरेका छैनन् । यो हप्ता काबुलमा शुक्रबार सबै पुरुष कर्मचारी उपस्थित भएर पूर्व सरकारको महिला मामिला मन्त्रालय बन्द गरेका छन यो कदमले काबुलमा पछिल्लो समयमा बुर्का फालेर स्कर्ट लगाएर हिडने तसलिमा नसरिनहरुमा त्रास थपिएको छ उनीहरु आफना अल्लाहका अगाडि गहभरि आंसु लिएर रोईरहेका छन र स्वतन्त्रताका लागि गुहार मागिरहेका छन बिश्व समुदाय समक्ष । अल्लाहले पनि अफगानिस्तानको महिलाहरुलाई यस्तो पीडा कहिलेसम्म दिने हुन त्यो स्पष्ट हुन केही समय कुर्नै पर्छ । पछिल्ला तालिबानका कदमले सबै महिलाहरू भयभीत भएका छन् । उनीहरू अब राम्रो रोजगारी नपाउने चिन्ताले छट्पटिएका छन् । देशमा बिग्रदै गएको स्वास्थ्य अवस्था र बाह्य सहयोगको कटौतीले चिन्तित बन्दै गएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेसुस तालिबान नेतृत्वसँगको वार्ता अघि सोमबार काबुलमा पुगेका छन् । उनले महिलाहरुको अबस्था मात्रै होइन समग्र अफगानिस्तानको बारेमा बार्ता गर्नेछन ।नेपाल पनि सार्कको अध्यक्ष भएको नाताले सार्कको कान्छो देश अफगानिस्तानको पछिल्लो अबस्थाको बारेमा सार्कका देशहरुसंग अनौपचारिक रुपमा संबाद कुटनीति नै भएपनि अगािड बढाउदा हुने थियो किनकी सार्कको बडापत्रमा औपचारिक संबादको अबधारणा छैन । किनभने अफगानिस्तानमा हुने सक्ने जुनसुकै संकटको प्रत्यक्ष बाछिटाहरु हाम्रो देशमा पनि पर्छ । यो हाम्रो पनि चासो र चिन्ता हुनुपर्छ । झनै काबुलमा पाकिस्तान समर्थित तालिबान सरकार बनेकोे बेला अफगानिस्तानको बाटोलाई उपयोग गरेर इस्लामिक आतंकबादी नेपालको तराई क्षेत्र हुदै भारत पस्ने भारतीय सुरक्षा एजेन्सीको अशांकाले नेपाल फेरि अर्को झण्झटमा पर्न सक्छ । त्यसैले बेलैमा सचेत हुनु जरुरी छ ।

Editorial from abpnepal.com, [email protected] 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?