श्राद्ध गर्ने प्रथा कसरी र कहिलेदेखि चल्यो होला ?


चक्रपाणि शर्मा गौतम

बिष्णु भगवानले मत्ष्य अवतार र कुर्म अवतार पछि पृथ्वीको रक्षार्थ तेश्रो अवतारको रुपमा बराह र टाउको सुंगुरको र अन्य बांकी सबै शरीरको भाग मानिसको ,अवतार लिनुपरेको थियो।बराहरुपी भगवान बिष्णुले महा बलशाली दैंत्य हिरणाक्ष्यको बधगरी पृथ्वीको रक्षा गरेका थिए।यसरी पृथ्वीलाई हिरणाक्ष्यबाट खोसेर ल्यायिसके पछि उनको बराहरुपी शरीरमा तिल,कुश,जौ र दूध उत्पत्ति हुन गएछ।त्यसपछि उनले दूध र जौको तिनओटा पिण्ड बनाएछन,तिल र कुश भुईंमा ओछ्याएर ती पिण्डमा तिल छर्केर दक्षिणतिर फर्की तिनओटै पिण्डहरु यस्तो आह्वान गर्दै दान गरेछन((हे पिता हे पितामह हे प्रपितामह यी तीन पिण्डहरु मैले तपाईंहरुलाई प्रत्येकले एक(एक पाउनेगरी अर्पण गरेको छु। कृपया स्वीकारगरी त्रिप्त हुनुहोस। बराह अवताररुपी बिष्णु भगवानले तीनओटा पिण्डले आफ्ना तीन तहका पितृहरुलाई यसरी तृप्त पारेका थिए। ऋषिहरुतिर नजर लगाऊंदै बराह अवताररुपी बिष्णु भगवानले भने((हे मुनीबरहरु नाम जानेका पितृहरुको नामोच्चारण गर्ने र नाम नजानेकाहरुका लागि अंमुक नाम भनेर पिण्डदान गरेपछि तपाईंहरु सबैका पितृृले पिण्ड पाएर तृप्त हुनेछन।पितृहरु चाहे स्वर्ग या नर्क जहां(जहां रहेतापनि यस रीतले दिएको पिण्ड उनीहरुले अवस्यमेव पाउनेछन।बराह भगवानबाट यस्तो सल्लाह र निर्देशन पाएपछि ऋषि(मुनीहरुले त्यसै समयदेखि यस भूलोकमा पितृहरुलाई पिण्डदान गर्ने चलन चलाए

त्यसपछि पञ्चमहाभूत(जल,स्थल,बायु,आकाश,तेज)को यस धरतीमा चराचर सृष्टि हुन थाल्यो,मानिसको देहबाट एकमात्र प्राण जांदैमा अरु सबै नष्ट नहुने तथ्यको बोध हुंदै गयो।यी पञ्चभूतको साझा देहमा रहेको आत्म त्यो हो जो सारको रुपमा रहेको हुन्छ,जुन अकाट्य छ,अजय छ,अंमर छ।यो ज्यादै सूक्ष्म हुन्छ जसलाई भौतिक आखाले देख्न सकिंदैन,तर यसको आकार भने पूर्ब शरीरका जस्तै हुन्छ।फूलको बास्नालाई जसरी हावाले एक ठाऊंबाट अर्को ठाऊंमा लैजान्छ,सूर्यको किरण जसरी आफ्नो तेजका साथ टाढा(टाढासम्म जान्छ,त्यसैगरी मानव शरीरबाट प्राणबायुले जब छोड्छ,तब आत्मले पनि त्यतिबेलै मानव शरीरलाई छाडेर नयां शरीर प्राप्तिका निम्ति बिचरण गर्न थाल्छ।यस आत्मको कुनै निश्चित दिशा हुंदैन,जतातिर पनि जान सक्छ।मानिसको मृत्यु भएको दिनदेखि १३ दिनसम्म,मासिका श्राद्धसम्म,६ महिना र एक बर्ष भएपछि गरिने पूण्यबत पितृकार्य,यी सबै पटक दिएको पिण्डदानका प्रभावले मानव देहको प्रेतात्माले पितृको आत्म प्राप्तगरी उक्त पितृको आत्म ईश्वरमा गएर लीनहुन्छ भनिएको छ।यसरी हामीले आफ्ना पितृलाई दिएको पिण्डदान साक्षात ईश्वरलाईनै दिएको ठहर्न जान्छ।जसरी सूर्यको तेजले सागरको जल माथि खैंचिन्छ र पछि त्यहि जल बर्षाको रुपमा पृथ्वीमा झर्छ,त्यसैगरी पितृहरुको आत्माले उनीहरुको सन्ततीले दिएको पिण्डदानको बास्ना,भाव आफुतिर खैंचेर लिन्छन।यसकारण पितृहरुलाई पिण्डदान गर्न अति जरुरी देखिएको छ।हिन्दु धर्म,संस्कृति र परम्परा अनुसार भनिएको छ((छोरो त्यहि हो जसले आफ्ना पितृका खांतीर उनीहरुलाई पिण्डदान गरेर त्रिप्तपार्छ र आफुपनि निर्धक्कसंग आनन्दपूर्बक रहन सक्छ।

बराह अवताररुपी बिष्णु भगवानले पुन ऋषि(मुनीहरुतिर फर्केर हेर्दै भने((हेमुनीबरहरु तपाईंहरु सबैले पनि अब उप्रान्त आ(आफ्ना पितृरुलाई स्वच्छ भाव र असीम श्रद्धापूर्बक नियमितरुपले पिण्डदान दिने गर्नुहोला।त्यहां भएका ऋषीहरु सबैलाई यहि उपदेश दिंदै बराहरुपी बिष्णु भगवानको स्वरुप केहीबेर प्राणायाम गरी बिष्णु भगवानको दिब्य शरीरसंग गएर लीन भएको थियो भन्ने कुरा हिन्दुहरुको महान पाचीन ग्रन्थ महाभारत अन्तर्गतको शान्तिपर्वमा उल्लेखित भएको छ।

हिन्दु धर्म,संस्कृति र परम्परा पितृसत्तात्मक छ।हिन्दु समाजमा परापूर्बकाल देखिनै छोरीलाई त्रिगुणधारी(छोरी,बुहारी र आमा)स्त्रीको रुपमा लिइन्छ।छोरा र छोरीका कार्य बिभाजन पहिले देखिनै निश्चित गरिएको छ।छोरी जन्मेपछि माईत छऊञ्जेल कन्या,बिबाह भएपछि बुहारी र बच्चा(बच्ची जन्माएपछि आमा बन्ने अवस्था हुन्छ। बिबाहपश्चात छोरी अनिबार्यरुपले परघर बस्नुपर्नेबाद्यात्मक परम्परा छ। बिबाह भएपछि छोरीजातिको जन्मघरतिरको थर,गोत्र परिबर्तन भएर कर्मघरतिरको थर,गोत्र कायम हुनजान्छ।बंश परम्परा पनि कर्मघर तिरबाटै जन्म(जन्मान्तरसम्म कायम हुंदै जान्छ। शायद यसो भएर पनि होला,छोरा र छोरीबाट सम्पादन हुने कार्यहरु फरक(फरक गरेर तोकिएका छन।

छोराको लागि उपनयन(ब्रतबन्ध) कर्म बिधिपूर्बक गरेर उसका गलामा जनै(यज्ञोपबित)धारण गराईन्छ।त्यसपछि मात्र छोरो कर्मकाण्ड अन्तर्गतका सबै कार्यहरु९बिबाह,ब्रतबन्ध,यज्ञादि,दान(पूण्य,मृत्युपछि गरिने किरिया,पिण्डदान,आदि िसम्पादन गर्नका निम्ति योग्य हुनजान्छ।कर्मकाण्डीय हिसाबले छोरो अग्रपङ्तिमा भएको देखिन्छ,तर मान्यताक्रमले हेर्ने हो यदि भने छोरी जातिलाई साक्षात लक्ष्मीका प्रारुप मानिन्छ।छोरी नभएको घर बास्ना बिनाको फूल,तेजबिनाको सूर्यको कीरण,फल बिनाको बृक्ष ,छायां बिनाको दर्पण,पानी बिनाको खोला समान हुन्छ।छोरीलाई जननी,जन्मभूमि,गौमाता,दीपदायिनी भनेर पनि सम्मान गरिन्छ।हिन्दु शास्त्रमा भनिएको छ((जहां नारीजातिको सम्मान हुन्छ,त्यहां देवताहरु पनि रमाउंछन।त्यसैले सन्तानका रुपमा हरेक हिन्दुहरुको घरमा छोरो र छोरी दुबै हुनु नितान्त आबस्यक छ।

हिन्दु धर्म,संस्कृति र परम्परा पितृसत्तात्मक छ।हिन्दु समाजमा परापूर्बकाल देखिनै छोरीलाई त्रिगुणधारी(छोरी,बुहारी र आमा)स्त्रीको रुपमा लिइन्छ।छोरा र छोरीका कार्य बिभाजन पहिले देखिनै निश्चित गरिएको छ।छोरी जन्मेपछि माईत छऊञ्जेल कन्या,बिबाह भएपछि बुहारी र बच्चा(बच्ची जन्माएपछि आमा बन्ने अवस्था हुन्छ। बिबाहपश्चात छोरी अनिबार्यरुपले परघर बस्नुपर्नेबाद्यात्मक परम्परा छ। बिबाह भएपछि छोरीजातिको जन्मघरतिरको थर,गोत्र परिबर्तन भएर कर्मघरतिरको थर,गोत्र कायम हुनजान्छ।बंश परम्परा पनि कर्मघर तिरबाटै जन्म(जन्मान्तरसम्म कायम हुंदै जान्छ। शायद यसो भएर पनि होला,छोरा र छोरीबाट सम्पादन हुने कार्यहरु फरक(फरक गरेर तोकिएका छन।

आजकल हिन्दु समाजमा कतीपय ठाऊंमा माता(पिताको मत्यु हुन गयो भने उनीहरुको काज(किरिया,आदि कर्म छोरी जातिले गर्ने गरेको पनि पाइएको छ।मृत्यु भएपछि हरेक माता(पिताका नाममा काज(किरिया,पिण्डदान जस्ता महत्वपूर्ण कर्महरु सम्पादन गरिनु स्वागतयोग्य काम हो,तर छोरीजातिबाट यस्ता कर्महरु सम्पादित हुंदा शास्त्रोत्तर कर्मकाण्ड जति सबै पूर्ण होलान हिन्दु धर्म,,रीति(रिवाज,परम्पराले स्वीकार गर्ला
?जीवनभर यस्ता कर्महरुले निरन्तरता पाउन सक्लान ?गम्भीररुपले सोच्नपर्ने बिषय यहि हो।जेहोस मात्रिदेवो भव, पित्रिदेवो भव भन्ने हाम्रो हिन्दु परम्परा भए अनुसार प्राचीन समयदेखि गर्दै आएका एकोदिष्ट श्राद्ध मरेको दिनको तीथिमा दिइने पिण्डदान र सोह्रश्राद्ध आस्वीन कृष्णपितृपक्षमा दिइने पिण्डदान मा गरी मुख्यतया बर्षको दुईपटक श्राद्धगर्ने हिन्दु परम्परा छ।हुनत बिभिन्न तिर्थस्थलहरुमा गएर पितृहरुका नाममा पिण्डदान दिनेपनि गरिन्छ,यसरी दिइने पिण्डदान गणनामा ल्याइने गरिंदैन। सोह्रश्राद्ध जस्तो बर्षमा एक पटक आऊने यस पावन पितृपक्षमा हामी प्रत्येकले आ(आफ्ना पितृहरुलाई श्रद्धापूर्बक पिण्डदान दिइ उनीहरुलाई त्रिप्त पारौं,आफ्नो धर्म( सस्कृतिको सम्मान गर्दै परम्परालाई निरन्तरता दिन सकौं, आ(आफ्ना पितृहरुबाट मनग्य आ्िशर्बाद प्राप्तगरी जीवन सुखमय बनाऔं,सबैमा मेरो यहि सादुभाव। अस्तु ।

लेखक हाल अमेरिका निबासी हुनुहुन्छ । उहांले हिन्दु धर्म र यसको भावको बारेमा अनलाईनमा नियमित रुपमा आफनो बिचार राखिरहनु हुनेछ । सम्पादक

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?