माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुन गोविन्दप्रसाद शर्मा चयन


काठमाण्डौ । ( असन बजार पत्रिका ) माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि।को २२औं वार्षिक साधारणसभा सर्बसम्मत रुपमा गोविन्दप्रसाद शर्माको अध्यक्षतामा सञ्चालक समिति र युद्धविलास न्यौपानेको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गर्दै शनिबार काठमाण्डौमा सम्पन्न भएको छ । सो सञ्चालक समितिको सचिवमा एकनारायण उपाध्याय तथा सदस्यमा ज्ञानेन्द्र आचार्य , सरस्वतीकुमारी शर्मा सापकोटा भक्तराज भुषाल , योगिता प्रधान श्रेष्ठ र रविप्रसाद फुँयाल एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा राजेन्द्र क्षेत्री र माया थापा क्षेत्री हुनुहुन्छ । उक्त सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई उक्त संस्थाका पूर्व अध्यक्ष प्रा। तिलकबहादुर कुँवरले खाँदा र माला लगाएर बधाई ज्ञापन गर्नु भएको थियो ।

सोही संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्माल अध्यक्षता गरेका कार्यक्रमलाई , सचिव एकनारायण उपाध्यायले सञ्चालन गर्नु भएको थियो भने सञ्चालक राजेन्द्र बोहोराले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको नेपाल सरकार, कृषि तथा पशुपङ्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा आचार्यले उद्घाटन गर्नुै भएको संस्थाको सभाहलमा सम्पन्न साधारणसभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै सचिव आचार्यले सहकारीले बचत र ऋण कारोवारमा मात्रै सिमित नरही कृषि तथा पशुपङ्छीको प्रवर्द्धन गर्ने जस्ता उत्पादनका क्षेत्रमा लाग्न सुझाब दिनु भएको थियो । उहाँले यस माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि।को प्रतिवेदनमा उल्लेख गरिएको सूचाकाङ्कहरु राम्रो देखिएको तर यो संस्था कृषि जस्ता उत्पादनशील क्षेत्रमा जाने सकेको नदेखिएकोले यसले कृषि लगायतका उत्पादनशील क्षेत्रमा जानु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा सहकारी विज्ञ तथा राष्ट्रिय सहकारी विकास बोर्डका सल्लाहकार डा। ज्ञानेन्द्रप्रसाद पौडेलले राज्यले सहकारी क्षेत्रलाई उत्पादनमूलक कार्य गर्न उचित वातावरण बनाएर उनीहरुलाई कृषि लगायतका उत्पादनशील कार्यमा लाग्न प्रोत्साहन गर्नू पर्ने आवश्यकतामा जोड दिनु भएको थियो । डा।पौडेलले राष्ट्रिय अर्थतन्त्रका ३ वटा खम्बा मध्येको एक खम्बा सहकारी मार्फत राज्यले पेन्सन , सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जस्ता कार्य गर्नु पर्नेमा जोड दिनुभयो ‌।

त्यसैगरी उक्त कार्यक्रममा सोही संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार ।तिलकबहादुर कुँवर , गण्डकी सभ्यता बचाऔं महाअभियानका उपाध्यक्ष तथा इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि।, बालाजुका प्रबन्ध निर्देशक लेखनाथ पौडेल , नेशनल कोअपरेटर्स एलायन्स, काठमाडौंका उपाध्यक्ष अधिवक्ता कमलराज अधिकारी , धौलागिरी समाजका अध्यक्ष केदार गौतम र सोही समाजका उपाध्यक्ष तथा समाजसेवी भक्तराज भुषालले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रमा आफ्नो अलग्गै परिचय बनाएको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि।को उत्तरोतर प्रगतिको कामना गर्नुभयो । उक्त साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे सभाका अध्यक्ष गोविन्दप्रसाद शर्माले यस संस्थाका शेयर सदस्यहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत ु र उत्साहले गर्दा नै हाम्रो यस माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि। भूकम्प , कोरोना महामारी जस्ता प्रतिकूल अवस्थामा पनि निरन्तर प्रगतिपथमा अगाडि बढ्न बताउनु भएको थियो । उहाँले ‘ वित्तीय कारोवार र माउण्ट धौलागिरी फुडल्याण्डका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको यस संस्थामा शेयर सदस्य संख्या ७ सय ७० जना , शेयर पूँजी रु।३ करोड ३५ लाख , बचत संकलन रु।५२ करोड , ऋण लगानी रु।४० करोड र कूल कारोवार रु।५७ करोड रहेको छ’, भन्नुभयो ।

सहकारी विभागको निर्देशन अनुरुप यो साधारणसभा ७ दिनसम्म सञ्चालन गर्ने कार्यक्रम तय गरिएको भएपनि कोरोना र सोसियल डिस्टेन्सिनलाई ध्यानमा दिदै बागमती प्रदेश , सहकारी महाशाखाका रजिष्टार विक्रम पाण्डेयको निर्देशन अनुरुप शेयर सदस्यहरुको भौतिक उपस्थितिमा आज एकै दिनमा यसलाई सम्पन्न गरिएको त्यसै संस्थाका व्यवस्थापक रामचन्द्र पौडेलले जानाकारी दिनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?