परराष्ट मन्त्री डा नारायण खडका र भारतीय बिदेशमन्त्री एस जयशंकरबीच भेट


न्यूयोर्क ृअमेरिको ( असन बजार पत्रिका ) परराष्ट मन्त्री डा नारायण खडका र भारतीय , विदेश मन्त्री एस जयशंकरबीच न्युयोर्कमा भेट भएको छ । भारतीय समकक्षी एस जय शंकारसग भएको भेतमा परराष्त मन्त्री डा नारायण खड्का दुबै देशको बिशेष सम्बन्धलाई अगाडि बढाउन सहमत भएका छन्।
भारतीय बिदेशमन्त्री जयशंकरले ट्वीट गर्दै भने , ू नयाँ नेपाली सहकर्मी डा नारायण खड्कालाई स्वागत गर्न पाउँदा मलाई खुसी लागेको छ । हामी सँगै मिलेर काम गर्न चाहन्छौं।ू दुई मन्त्रीबीचको यो पहिलो भेट हो। एएनआईका अनुसार गत हप्ता जयशंकरले खड्कालाई नेपालको परराष्ट्र मन्त्री नियुक्त भएकोमा बधाई दिएका थिए।
उनले त्यो बेला आफनो बधाइ सन्देशमा भनेका थिए माननीयडा नारायण खड्कालाई नेपालको विदेश मन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा बधाई दिनु चाहन्छु ।म उहाँसँग काम गर्न तत्पर रहेको छु उनले एक ट्वीटमा भनेका थिए।
सेप्टेम्बर २२ मा प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?