मोहमा परेका अर्जुनलाई कर्मयोगको मोक्षमन्त्र


 

चक्रपाणी शर्मा गौतम

बैदिक परम्परा र आर्य समाजमा एक लोकोक्ती छ्((अन्नमा ठुलो मकै जसबाट अक्षता हुँदैन काठमा ठुलो बांस जसबाट हलो जमीन जोत्ने औजार० हुंदैन बस्त्रमा ठुलो ऊन जसबाट धजो हुंदैन शास्त्रमा ठुलो श्रीमद्भगबतगीता जसबाट कर्म(काण्ड हुंदैन भनिएकोछ। आर्यसंस्कृति , आर्यसभ्यता, हाम्रा धार्मिक एबम आध्यात्मिक परम्परामा भएका शाश्त्रहरु जस्तै( बेद,बेदान्त,पुराण, उप(पुराण,उपनिषद ब्रह्मसूत्र,आदि मध्ये नामको अगाडि श्रीमद् लाग्ने ग्रन्थहरु तीन ओटा मात्र छन्। ती हुन( श्रीमद् देवीभागबत महापुराण्श्रीमद्भागबत महापुरण श्रीमद्भगबतगीता। यी ग्रन्थ महान अर्थात अरु भन्दा ठूला भएकाले यिनको नाम अगाडि श्रीमद् राखिएको हो। फेरी यी तीन ग्रन्थ मध्ये गीताका अगाडि र श्रीमद्का पछाडि भगबद् राखेर श्रीमद्भगबतगीता नामाकरण गरिएको छ।यो श्रीकृष्णको मुखारबिन्दबाट प्रस्फुरण भएको हुनाले यसलाई श्रीमद्भगबतगीता भनेर नामाकरण गरिएको हो। यसको अलौकिक चमत्कारिता र बिलक्क्षण उपादेयताका करण यो बिश्वकै सर्बोत्कृष्ठ ग्रन्थरत्न साथै अनन्त ज्ञानको भण्डार साबित भएको छ। अन्य धर्मग्रन्थहरुको तुलनामा यो धेरै खंदिलो,गहकिलो, सारगर्भिक गुणशालिताले गर्दा यो ग्रन्थ सन्सार भरी फैलिएको छ। यसलाई समस्त बेदार्थको सारसंक्षेप तथा अद्वितीय ज्ञानको अंरित बर्साउने भगबत्स्वरुपा भनेर पनि प्रशंसा गरिएको छ। संस्कृत ,हिन्दी,नेपाली, ऊर्दू,अंग्रेजी तथा बिश्वका १०० भन्दा बढी भाषामा प्रकाशित एबम् प्रसारित भएको एक मात्र धार्मिक ग्रन्थ पनि यहि हो। श्रीकृष्णको मुखबाणीबाट जन्म लिएको गीता १८ अध्याय र ७०० श्लोकले आबद्ध छ।अध्याय १ देखी ६ सम्म कर्मयोग, अध्याय ७ देखि १२ सम्म ध्यानयोग या भक्तियोग, अध्याय १३ देखि१८ सम्म ज्ञानयोग को बारेमा चर्चा भएको भएतापनि सबै अध्यायहरुमा सबै योगको समन्वयात्मक ढंगले नीर्मल र धाराबाही रुपमा बर्णन भएको पाइन्छ जस मध्ये कर्मयोगलाई सबै भन्दा बढी महत्वपूर्णको स्थान प्रदान गरिएको छ।
श्रीमद्भगबतगीताले सबैलाई आ(आफ्नो कर्ममार्गमा सम्लग्न रहन प्रोत्साहन र प्रेरणा दिएको छ। सामान्य अर्थमा कुनै काममा सम्लग्न रहनु अर्थात कुनै पनि प्रकारको कार्य गर्नु कर्मयोग हो। तर गीतामा यसलाई फरक ढंगले अर्थ्यायिएको छ। नीहित स्वार्थ त्यागेर निष्कामभाबले अरुको सेवामा समर्पित भै सन्सारकै कल्याण र भलाईका लागि काम गर्नुनै कर्मयोग हो। कर्मफल प्रतिको आसक्तिलाई निराश्रम भै निष्काम कर्म गर्नाले मात्र कर्मयोगको प्रस्फुरण हुन सक्छ। कर्मको सबै प्रकारको फल परमेश्वरमा समर्पण गर्नुलाई पनि निष्काम कर्मयोग भन्न सकिन्छ। गीताको दोश्रो अध्यायको ४७ औं श्लोकले बताएको छ  ।
कर्मण्येवधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुभूर्मा ते सङ्गो स्त्वकर्मणि।।
अर्थात तिम्रो अधिकार कर्म गर्नमा छ,कर्मको फलमा होइन। त्यसैले तिमी कर्मफल प्राप्तिको कारण नबन अर्थात कर्मफल प्राप्तिको कामनाले प्रेरित नहोउ। त्यसैगरी कर्म नगर्न वा निषेधित कर्ममा पनि तिम्रो आसक्ति वा प्रीति नहोस। काम नगरी निष्क्रिय रहने कुरामा पनि तिम्रो कहिल्यै आसक्ति नरहोस। श्रुति भन्छ((आफ्नो कर्तब्यकर्म गरेर मात्र सय बर्षसम्म बाच्न सकिन्छ। श्रीमद्भगबतगीता कर्मयोगको पक्षपाती छ। यसले मानिसलाई लोककल्याण, लोकहित र लोकलाई मार्गदर्शनका लागि कर्म गर्न प्रोत्साहित गर्दछ साथसाथै निरन्तर कर्ममा लागिरहन प्रेरणा पनि दिन्छ। जनक,प्रह्लाद,आदि जस्ता राजर्षिहरु, महर्षिहरुले पनि कर्म गरेरै सिद्धि पाएका थिए। रणभूमिमा पुगेका अर्जुन बन्धु बिनाशको भयले शोक र मोहबाट ग्रस्त भै जब युद्ध नगर्नी निश्चित मनस्थितिमा पुग्छन्,त्यसबखत श्रीक्रिष्णबाट ब्यक्त गरिएको गीतोपदेशले किङ्कर्तब्यबिमूढ अर्जुनको मनस्पटलमा परिबर्तन ल्याई धर्मको रक्षा गर्न अन्यायको बिरुद्ध सङ्घर्षका लागि स्वकर्तब्य कर्ममा सम्लग्न हुने प्रेरणा प्रदान गरिएको छ। श्रीमद्भगबतगीताको तेश्रो अध्यायको ३० औं श्लोकमा भनीएको छ(((
मयि सर्बाणि कर्माणि सन्न्यस्याध्यात्मचेतसा ।
निराशीर्निर्ममो भूत्वा युध्यस्व बिगतज्वरस्।।
अर्थात श्रीकृष्ण भन्नुहुन्छ( हे अर्जुन१ आत्मामा स्थिर राखिएको चेतना र अध्यात्मबुद्धिले समस्त कर्महरु म परमेश्वर (बासुदेब( मा समर्पण गरेर मनमा फलप्राप्ति वा अन्य कुनै कुराको कामना र आशा नराखी( म( र (मेरो( भन्ने ममताको भाबना त्यागेर शोकसन्ताष रहित भै युद्ध गर। अर्जुनको त्यस समयको कर्तब्यकर्म युद्धमा लड्नु भएको हुनाले श्रीकृष्णले उनलाई सम्बन्ध मोह त्यागेर अहङ्कार रहित भै निर्धक्कसंग युद्धमा सरिक हुन प्रेरित गरेका छन। गीताले कर्मसन्यास भन्दा कर्मफल प्राप्तिको आकांक्षाको परित्यागमा बिषेश जोड दिएको छ,
साङ्ख्य९ज्ञान्०योग र कर्मयोग हेर्दा अलग अलग भए पनि गीताले यि दुबैलाई लक्ष्यको गन्तब्य एकै भएको देख्छ।
दुबैको परब्रह्म परमात्मा प्राप्तिरुपी लक्ष्य एेउटै भएको हुनाले यी मध्ये कुनै एकमा स्थित रहने ब्यक्तिले दुबैको फल प्राप्त गर्दछ। गीताको पांचौं अध्यायको चौथो श्लोकमा भनीएको छ ।
साङ्ख्ययोगौ प्रिथग्बालास्प्रबदन्ति न पण्डितास् ।
एकमप्यास्थितस् सम्यगुभयोर्बिन्दते फलम् ।।
अर्थात अज्ञानीजन सन्यास र कर्मयोगलाई बेग्लाबेग्लै फलदिने भनि बताउछन,तर बिद्वानजन कदापि यसो भन्दैनन किनकि यि दुई मध्ये जो ब्यक्ति एउटामा मात्र पनि राम्ररी स्थित भयो भने दुबैको फल प्राप्त गर्दछ। साङ्ख्ययोगका साधकहरु र कर्मयोगका साधकहरु एऊटै हुन। यी दुबैको परम लक्ष्य परमपद परमेश्वर प्राप्तिनै हो। साम्सारिक बिषयभोगमा निर्लिप्त रहने साधारण मानिसलाई भने स्त्री,पुत्र,धन,मान,प्रतिष्ठा,आदिको निरन्तर कामना भैरहन्छ। यहि कामनाको परिपूर्तिका लागि ऊ सदा आसक्त भैरहन्छ। यहि आसक्तिले उसका अन्तस्करणमा परमेश्वरप्रति बिस्मृति पैदा गराउंछ र सदा सांसारिक जन्म(मरणको बन्धनमा पर्दछ। श्रीमद्भगबतगीताको १८ औं अध्यायको १७ औं श्लोकमा भनिएको छ((
यस्य नाहङ्कतो भावो बुद्धिर्यस्य न लिप्यते ।
हत्वापि स इमांल्लोकान्न हन्ति न निबध्यते ।।
अर्थात जसको अन्तस्करणमा( म कर्ता हुं( भन्ने यस किसिमको अहम भाव वा अहमपना छैन, जसको बुद्धि कर्ममा लिप्त हुंदैन, त्यसले यी सबै लोक वा प्राणीहरुलाई मारेर वा दुस्खपीडा दिएर पनि बस्तुतस् न कसैलाई मार्छ, न त बन्धनमा नै पर्छ। कर्कलाका पातको पनी झैं त्यस्तो ब्यक्तिमा कर्मको छोइछिटो हुंदैन र ऊ ओभानै रहन्छ। कर्तापनाको अभिमान नभएको ब्यक्तिले गरेका कर्म पनि त्यस्तै हुन, उसले न कसैलाइ मार्छ,न त कर्मबन्धनमा नै पर्छ। जुन ब्यक्ति मनमा पैदा हुने समस्त कामना र कर्मफलको आसक्तिलाई त्यागेर आफु आफैमा सन्तुष्ट रहन्छ,त्यहि नै स्थितप्रज्ञ कर्मयोगी हो। यसकारण प्रत्येक ब्यक्तिलाई फलेच्छारहित निष्काम कर्ममा सम्लग्न रहन प्रोत्साहन गर्दै श्रीमद्भगबतगीताले कर्मयोग पट्टि जोड दिएको छ।
लेखक चक्रपाणी शर्मा गौतम अमेरिका निबासी नेपाली हुनुहुन्छ । उहांले हिन्दु धर्म र यसको भावको बारेमा निरन्तर आफना बिचार (abpnepal.com ) असन बजार पत्रिकामा प्रबाहित गरिरहनु हुनेछ । संपादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?