नक्कली भारतीय रुपैया रहेको आशंकामा ११ लाख भारतीय नोटसहित अग्रवाल नियन्त्रणमा


मङ्गलबारे, २० असोज  । (असन बजार पत्रिका )भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसक्षेत्रमा नेपाली र भारतीय नक्कली नोटको कारोबार बढिरहेको सुचना प्रहरीलाई प्राप्त भएको केहीसमय अगाडि देखि प्रहरी नक्कली नोटका कारोबारीको खोजीमा रहेको बेला यो घटना घटेपनि अनुसन्धानमा रहेकोले सबै सूचना बाहिर आएको छैन । समाचार अनुसार सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ)सहित नियन्त्रणमा लिइएको हो । पैतीस वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ । विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाखसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अग्रवाललाई प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको र थप अनुसन्धानका लागि इटहरी लगिएको छ । भारतीय रकमको स्रोत नखुलेपछि अग्रवाललाई पक्राउ गरेको बुझिएको छ । मे१च ६४२४ नंको कारबाट झापा जाँदै गर्दा अग्रवालका गाडीचालक पूर्णबहादुर कठेतसहित अग्रवाललाई नियन्त्रणमा लिइएको हो । अग्रवालले विगतदेखि नै फिक्कलमा बसी भारतीय नोटको कारोबार गर्दै आएको अनुमान प्रहरीले गरेको छ र यो सूचना केही समय अगाडि बाहिर आएको थियो । सटही काउन्टरसमेत सञ्चालन नगरी अग्रवालले भारतीय नोट सटहीको काम गर्दै आएको बुझिएको भने त्यो पनि रहस्यको नयां कुरा भएको छ । त्यसो त स्रोत नखुलेको पैसासहित पक्राउ गरिएपछि थप अनुसन्धान गरिने भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले राससलाई बताएका छन । भारतसँग सीमा जोडिएको पशुपतिनगर नजिकै रहेकाले पनि यस क्षेत्रमा सामान्य भारुको कारोबार भने हुने गरेको छ । स्थानीयवासीले दैनिक उपभोग्य वस्तुको खरिदका लागि समेत भारत जाने र भारतीय व्यापारीले पनि कृषि उपज खरिद गर्ने भएकाले इलाममा भारतीय नोटको कारोबार हुने गरेको हो । तर, स्रोत नखुलेले १० लाखभन्दा माथिको रकम भएकाले अग्रवाललाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?