प्रेस र नागरिक समाज समेत सेल्फ सेन्सरसिपमा ः अध्यक्ष आचार्य


मानबअधिकार संगठनका अध्यक्ष आचार्यले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन दिए

काठमाण्डौ । ( असन बजार पत्रिका ) आज बिहान नेपाल मानबअधिकार संगठनको अध्यक्ष महामुनिश्वर आचार्यको नेतृत्वमा डा चिरञ्जीबी भटराई लगायतको एक टोलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा लोकतन्त्रको स्थायित्वमाथि प्रहार भएको ,पुन मुलुकमा हिंसा र अशान्ति ल्याउने प्रयत्न गरिएको मात्रै होइन जन अनुमोदित संबिधान बिरुद्ध पडयन्त्र शुरु भएको हुदा प्रधानमन्त्री देउवालाई गम्भीर हुन आग्रह गरेको छ । साथै टोलीले शान्ति प्रक्रियालाई टुगोमा पुरयाउन , द्धन्दपीडितलाई न्याय दिन , प्रेस र नागरिक समाजसंग सहकार्य गर्न , सर्बसाधारण नागरिक र प्रधानमन्त्री कार्यलयको दुरी घटाउन र सन्तुलित परराष्ट नीति अबलम्बन गर्न पनि आग्रह गरेको थियो ।
यस अगाडि नेपाल सरकारलाई म्यानमारमा प्रजातन्त्रको पक्षमा उभिन आग्रह गर्दै संगठनले ज्ञापन दिएको थियो ।

असन बजार पत्रिकासंग कुरा गदै बालुवाटार प्रधानमन्त्री निबास बाहिर संगठनका अध्यक्ष महामुनिश्वर आचार्यले भने  देशमा लोकतान्त्रिक चरित्र समाप्त भएको छ साथै न्यायपालिका र कार्यपालिका समेत राज्यका सबै अंगहरु बिबादमा छन । प्रेस र नागरिक समाज समेत सेल्फ सेन्सरसिपमा आईसकेका छन यो लोकतन्त्र र मानअधिकारको भबिश्यकालागि धेरै डर लाग्दो कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?