अमेरिकाको गुप्तचर एजेन्सी सी.आई.ए “चाइना मिसन सेन्टर” घोषणा गर्दै चीन बिरुद्ध खुल्ला रुपमा ओर्लियो


वासिगटन: (एजेन्सीहरु) अमेरिकाको केन्द्रीय गुप्तचर एजेन्सी सी आई ए ले बेइजिडबाट आउने खतराहरुको सामना गर्न र संयुक्त राज्य अमेरिका समक्ष रहेको रहेको र त्यसकालागि तयार रहेको जनाएको छ । अमेरिकाले वैश्विक चुनौती सम्बोधन गर्न नयाँ चीन मिशन केन्द्र (सीएमसी) स्थापना गर्ने खुल्ला घोषणा गरेको छ।
एएनआईका अनुसार सीआईएले एक विज्ञप्तिमा भनेको छ निर्देशक विलियम बर्न्सले पिपुल्स रिपब्लिक अफ चाइनाले उठाएको वैश्विक चुनौतिलाई सम्बोधन गर्न एक चाइना मिशन सेन्टर (सीएमसी) गठन गर्ने घोषणा गर्नु भएको छ  यो खुुल्ला धम्की अमेरिकाले चिनियाँ सरकारलाई दिइएको भन्ने कुरामा जोड दिँदै निर्देशक बर्न्सले भने कि नयाँ मिशन सेन्टरले एजेन्सीको पूरै जिम्मेबारी सम्हाल्ने छ र सीआईएले यो प्रमुख प्रतिद्वन्द्वीू को बिरुद्धमा असाधारण कामलाई एकताबद्ध गर्नेछ यो मिसन चाइना हो ।
सिआईएले आफनो बक्तब्यमा भनेको छ .यो परिबर्तन रणनीतिक समीक्षाहरु बाट निकालिएको निष्कर्षपछि सार्बजनिक गरिएको हो । निदेशक बर्न्सले यो कदम पछिल्लो वसन्त ऋतुमा शुरू गरेका हुन । जुन चीनले बनाएको , टेक्नोलोजी, र उसंग निकट मानिसहरु समेत उसंगका साझेदारहरुमाथि निगरानी बढाउनैमा लक्षित थियो ।बर्न्सले आफनो बक्तब्यमा भनेका छन सीआईएले आक्रामक रूस, उत्तेजक उत्तर कोरिया र एक शत्रुतापूर्ण ईरान सहित आतंकवाद संग लड्न अन्य महत्वपूर्ण खतराहरु आफनो ध्यान केन्द्रित गर्ने छ ।
ूनिर्देशक बर्न्सले घोषणा गरेका नया योजनमा त्यसकालागि नयाँ पद, मुख्य टेक्नोलोजी अफिसर, साथै एक अन्तरराष्ट्रीय स्तरको टेक्नोलोजी मिशन सेन्टर पनि स्थापना गरिने कुरा सामेल छ , जसले अमेरिकी प्रतिस्पर्धा को लागी महत्वपूर्ण वैश्विक मुद्दाहरु लाई सम्बोधन गर्नेछन र नयाँ उदीयमान टेक्नोलोजी, आर्थिक सुरक्षा, जलवायु परिवर्तन, र विश्वव्यापी स्वास्थ्यमा समेत अमेरिकी गुप्तचर संस्थाले अनुगमन गर्ने छ ।
निर्देशक बर्न्सले सीआईए योजनाकारहरुलाई भनेका छन कि आफ्नो इतिहास मा, सीआईए आफ्नो बाटोमा जुनसुकै चुनौतिहरु लाई सामना गर्न को लागी अगाडि बढेको इतिहास छ र अब चीनसंगको प्रतिद्वंद्वितामा नयाँ युगले हामीलाई नयां सन्देश दिनेछ र यो हाम्रो हाम्रो समयको सबैभन्दा कठिन भूराजनीतिक परीक्षा हो र यसको सामना, गर्न सीआईए  सधै अगाडि आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?