जापानमा आएको भूकम्पले टोकियो शहरमा घाइतेको संख्या बढदै


टोकियो: हिजो बेलुका जापानको ग्रेटर टोकियो क्षेत्रमा आएको शक्तिशाली भूकम्पका कारण घाइते भएकाहरुको संख्या ३२ पुगेको जापानका स्थानीय मिडियाले शुक्रबार जनाएका छन ।
क्योडो समाचार एजेन्सीका अनुसार तीन जनाको अवस्था गम्भीर छ। जापानको राजधानी क्षेत्रमा बिहीबार साँझ शक्तिशाली भूकम्प गएको थियो । सुरुमा, यसको परिमाण ६ १ अनुमान गरिएको थियो, तर त्यसपछि यो डाउनग्रेड गरी ५ ९ कायम भएको थियो ।
जापान भूकम्पका आगोमा सक्रिय क्षेत्रमा रहेको छ यसलाई आगोको घेराको रुपमा पनि उल्लेख गरिन्छ । यो हरेक बर्ष नियमित रूपमा शक्तिशाली भूकम्प बाट ग्रस्त देश हो । २०११ मा ९ ० म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले १५,००० भन्दा बढी मानिसहरुको ज्यान लिएको थियो भने फुकुशिमा परमाणु संयन्त्र दुर्घटनाको कारण बनेर केही समय एशियाको आकाशमा समेत त्रासदी फैलिएको थियो । (एजेन्सीहरु )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?