काठमाण्डौ–रक्सौल रेलमार्ग सर्भे सम्झौतामा नेपाल भारतबीच हस्ताक्षर


सीमा क्षेत्रमा रेल्वे परियोजना बारे नेपाल  भारत बैठक नयां दिल्लीमा सकियो

काठमाडौंः (असन बजार पत्रिका  नेपाल ) नेपाल र भाारतबीच हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्गक्षेत्रमा समग्र द्विपक्षीय सहकार्य बारे समीक्षा गर्न  नेपाल –र    भारतबीच  यही आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा भारत–नेपाल संयुक्त कार्यदलको पाँचौं बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठक सम्पन्न भएको भारतीय राजदुताबासले एक बिज्ञप्ती जारी गरि जानाकारी दिएको छ । नेपाल भारत संयुक्त कार्यदलको बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा। मनोज सिंहले गरेका थिए भने परियोजना सञ्चालन समितिको बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालय का सह–सचिव श्री अनुराग भुषणले गरेका थिए । नयां दिल्लीमा सम्पन्न भएका दुवै बैठकमा नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव श्री केशव कुमार शर्माले गरेका थिए ।


जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि दुवै पक्षले हस्ताक्षर गरेका थिए । सबैभन्दा नयां कुरा के भएको छ भने दुबै पक्षले रक्सौल–काठमाडौँबीच प्रस्तावित ब्रोड गज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे यो नयां सम्झौत नेपाल भारतीबीच भएको छ । यो सम्झौतापछि नयाँ खण्डमा यात्रुवाहक रेल सेवा संचालनका लागि प्राविधिक सहयोग प्रदान गर्नुका साथै नेपालसँग आउँदो सीमापार रेलमार्गमा प्रारम्भिक रेलसेवाको सुरुवातका लागि बाटो खोलिदिएको रुपमा बुझना सकिन्छ । यो हस्ताक्षर नेपाल भारत बीच रेल यातायात मार्ग जोडने कुरामा नर्या आरम्भ पनि हुनेछ । त्यो मात्र होइन यो यसले नेपाल र भारतबीच जन स्तरमा समेत नया सभावनाको दस्तावेजको रूपमा काम गर्नेछ । प्रस्तावित रक्सौल–काठमाडौँ ब्रोड गज रेलमार्गले नेपाल र भारतबीचको कनेक्टिभिटीलाई अझ बलियो बनाउने छ ।


दुवै पक्षले भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको जयनगर–बिजलापुर– बर्दिबास र जोगवनी–विराटनगर ब्रोड गेज रेलमार्गबारे छलफल गरेका छन । हालै निर्माण सम्पन्न भएको भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किमि खण्डमा यात्रुवाहक रेल सञ्चालन गर्न गरिएको प्रविधिक पूर्वतयारीबारे पनि बैठकमा समीक्षा गरिएको भारतीय बिदेशमन्त्रालयले जनाएको छ । रेलमार्ग अन्तर्गतको १७।२५ किमि कुर्था–बिजलापुर खण्डको निर्माण शिघ्र सम्पन्न गर्न नेपालले आवश्यक सहयोग एबम सहजीकरण गर्ने आश्वासन समेत भारतलाई दिएको छ । १८।६ किमि जोगवनी–विराटनगर रेलमार्गको निर्माण चाँडो सम्पन्न गरी छिट्टै संचालनमा ल्याउन पनि दुवै पक्षबीच सहमति भएको समेत बताइएको छ ।


बैठकमा रक्सौल–काठमाडौं ब्रोड गेज रेलमार्ग र एबम रेल सञ्जाल परियोजनामा भएका प्रगतिबारे पनि छलफल भएको थियो । । रेलमार्ग लगायत नेपाली रेल कर्मचारी तथा प्राविधिकको क्षमता विकास, व्यवस्थापन एबम प्रशिक्षणका क्षेत्रमा प्रविधिक सहकार्यलाई सुदृढ गर्नेबारे दुवै पक्षबीच सहमति भएको , भारतीय दूतावासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

तश्वीर सौजन्य असन बजार पत्रिका , र एजेन्सीहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?