प्रहरी हिरासतभित्र एक युवाको रहस्यमय मृत्यृपछि इनरुवा तनाबग्रस्त , प्रहरी बिरुद्ध जनताको आक्रोश


इनरुवा ( असन बजार पत्रिका ) जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या गरेको प्रहरीले दाबी गरेपनि यो घटनामा प्रहरी कार्यलयको लापरबाही देखिएको स्थानीय समाचारदाताहरुले जनाएका छन । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले राससलाई जानकारी दिएका छन ।

इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरिएको थियो । ््पक्राउ परेका हकिवले पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीले राससलाई बताएका छन तर स्थानीय नागरिकले उनलाई प्रहरी कार्यलयमा यातना दिएर हत्या गरि आत्महत्याको खबर फैलाएको आरोप लगाएका छन ।आज बिहान बिरोध प्रदेशन गर्दे प्रहरीले हत्या गरेको आफन्तले आरोप लगाएका छन् । हिरासतभित्र केही सामग्री छिर्न नदिने गरेकाले कसरी हकिवले हिरासतभित्र पासो लगाएर आत्महत्या गरेको भन्दै आफन्तको आरोप छ ।

यसैबीच आक्रोशित स्थानीयवासीले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टाइर बालेर प्रदर्शन गरिरहेका छन् । स्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ । अहिले पनि इनरुवा बजार तनाबग्रस्त रहेको जनाईएकाmे छ । प्रहरी कार्यलयको लपरबाहीले प्रहरी आफै बिबादमा तानिएको छ ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?