भारतलाई क्रिकेटमा जित्दै पाकिस्तानले रच्यो इतिहास


दोहा एजेन्सीहरु बिश्वकपमा पाकिस्तानले भारतलाई २९ बर्षपछि पहिलो पटक हराएको छ । यसअघि भारतविरुद्ध एकदिवसीय र टी(२० विश्वकपमा ।खेलेका कूल १२ खेलमा पाकिस्तान पराजित भएको थियो ।आइतबार भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाइ १७।५ ओभरमा पूरा गरेको थियो ।
पाकिस्तानका लागि ओपनद्वय मोहमद रिजवानले नटआउट ७९ रन र बाबर अजामले नटआउट ६८ रन जोडे। रिजवानले ५५ बलमा ६ चौका र ३ छक्का तथा बाबरले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १५१ रन जोड्यो।

भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे। उनले ५७ रन जोडे। साहीन शाह अफ्रिदीको बलमा आउट हुनुअघि उनले ४९ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरे।ओपनरद्वय केएल राहुल र रोहित शर्मा सस्तैमा आउट भए। राहुल ३ रन र रोहित शून्यमा आउट भएका थिए। दुवैलाई पाकिस्तानका साहीन शाह अफ्रिदीले सिकार बनाएका थिए।सूर्यकुमार यादवले ११ रन र रिशव पन्तले ३९ रन जोडे। रिशवले ३० बल खेल्दा २ चौका र २ छक्का हिर्काए। रवीन्द्र जडेजाले १३ रन जोडे। हार्दिक पाण्ड्या ११ रनमा आउट भए ।बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदीले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा ३० रन खर्चिए। ुहसन अलीले २ विकेट हात पारे। उनले ४४ रन खर्चिएका थिए। यस्तै शादब खान र हरिस राउफले १(१ विकेट हात पारे।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?