विभाजनले असर गरेको छैन: एमाले सचिव ज्ञवाली


तम्घास:: नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गर्नुभएको छ । नेकपा एमाले रेसुङ्गा नगरकमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताउनुभयो ।
पार्टीका केन्द्रीय कमिटीबाट २३ प्रतिशत र स्थानीय तहबाट सात प्रतिशत मात्रै समाजवादीमा गएको जिकिर गर्दै सचिव ज्ञवालीले गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसीको कुरा भएको र एमाले छोडेकाहरू पनि फर्कने क्रम सुरु भएको जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?