‘काठमाडौं डिलेमा रिसेटिङ् इन्डिया नेपाल टाइज’ अन्तरक्रियामा पूर्व भारतीय राजदूत रञ्जित रे


काठमाडौं – ( असन बजार पत्रिका )  नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले आफ्नो किताब  ‘काठमाडौं डिलेमा रिसेटिङ् इन्डिया नेपाल टाइज’ ले नेपाल–भारत प्रगाढ सम्बन्धको तथ्य लाई जनताले बुझने शैल्रीमा अगाडि राखेको बताउनु भएको छ   ।‘काठमाडौं डिलेमा रिसेटिङ् इन्डिया नेपाल टाइज’ पुस्तकको समीक्षा गर्न नेपाल भारत मैत्री समाजले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व भारतीय राजदूत रेले नेपाल र भारतको सम्बन्ध एकदमै बलियो  रहेकोले नकारात्मक टिकाटिप्पणी हुनु गलत रहेको प्रष्ट पार्नु भएको छ  । उहांले आफ्नो किताबले नेपाल र भारतको ऐतिहासिक र प्रगाढ सम्बन्धको व्याख्या गरेको बताउनु भएको छ ।्   भारतले नेपालमा संबिधान जारी गरिएपछि लगाएको भनिएको भारतीय नाकाबन्दीको विषयमा रेले भन्नुभयो त्यो बेला  भारतले नाकाबन्दी नलगाएको तर  मधेसी दलहरुले  सीमामा धर्ना दिँदा ढुवानीमा समस्या भएको दाबी  गर्नुभएको छ उहां नै त्यो बेला नेपालकालागि भारतीय राजदूत हुनुृहुन्थ्यो  । उहांले भन्नुभयो  ‘नेपालभित्र भारतले हेपेर  संविधानप्रति असन्तुष्टि जनाएर नाकाबन्दी लगायो भन्ने भाष्य स्थापित गराइया , जुन कुनैअर्थमा पनि  सही थिएन केबल हल्लाका भरमा त्यो कुरा स्थापित गरेर भारत बिरोधलाई जनस्तरमा लगियो जुन नेपाल भारत सम्बन्धको इतिहासमा एउटा पीडादायक क्षण थियो । उहांले भन्नुभयो त्यसबेला सीमामा धर्ना गर्नेहरुको कारण भारतले सामान पठाउन नसकेको हो । ’

त्यसो त  भारतले संविधानमा मधेशी, जनजाति लगायत समुदायको माग समेट्न नेपालका राजनीतिक दलहरूलाई ‘मैत्रीपूर्ण सुझाव’ मात्र दिएको उहांको दाबी रहेको छ ।‘भारतले आफूलाई तटस्थ रेफ्रीका रुपमा मात्र उभ्याएको थियो। हामीले त्यसबेला कुनै दबाब या सुझाव नेपालका नेतालाई दिएका थिएनौं। नेपालमाचाहिँ भारतले हस्तक्षेप गरेको गलत अर्थ लगाइयो’ उहांले दुःख व्यक्त गर्दै भन्नुभयो   नेपालको संविधानमा मधेशी जनजाती लगायत सबै  नेपाली जनताको भावनाको  प्रतिनिधित्व होस् भन्नेचाँहि भारतको चाहना रहेको स्पष्ट गर्नुभएको थियो  । उहांले भन्नुभयो स्थिर र शान्तिपूर्ण नेपाल भारतको हितमा रहेको छ भन्नेकुरा भारतले बुझेको छ र त्यो भन्दा भारतको अरु कुनै स्वार्थ छैन नेपालमा ।

आईजीपी नियुक्तिका विषयमा भारतले हस्तक्षेप गरेको भन्ने कुरालाई के भन्नुहुन्छ भनेर   असन बजारले  सोधेको प्र््श्नमा उहांले भन्नुभयो यो सन्दर्भमा भारतले कुनै दबाब दिएको होइन । प्रश्न गरेको कारण योग्यता र वरिष्ठताको आधारमा गर्दा राम्रो हुन्छ भन्ने सुझाव मात्र दिएको हो अर्थात भारत यहांको माइक्रो मेनेजमेण्टमा सामेल हुदैन र छैन , भन्ने कुरालाई मैले बुझाउन खोजेको हुं तर यहां यसलाई फरक सन्दर्भमा लिइएकोमा उहांले थप आश्चर्य ब्यक्त गनुभयो । उहांले यो  कुरा अलि अतिरञ्जित गरेर आएको जस्तो लागेको छ मलाई  । ।’संविधान जारी हुँदाको समयलाई स्मरण गर्दै रेले भन्नुभयो   ‘नेपालसँग भारतको खुला सीमा भएकाले यहाँ अस्थिरता भए त्यसको सिधा असर भारतमा पर्छ भनेर हामीले सबैको भावना संविधानमा समेट्न आग्रह गरेका थियौँ  भारत अस्थिर नेपालको प्क्षमा छैन यो भारतको पनि स्वार्थको कुरा हो । तर त्यसको सुनुवाई भएन । सिधै संविधान जारी भयो त्यो बेला नेपालमा भारतको कुरा सुनिएन अनि कसरी त्यो बेला  माईक्रो मेनेजमेण्ट भएको भन्ने गरिन्छ यो पनि मेरालागि थप आश्चर्यको कुरा हो  ।

उहांले भन्नुभयो  नेपालका ठूला राजनीतिक परिवर्तन २००७ सालदेखि २०४६ साल २०६३ सालमा नेपाली जनताको भावना अनुसार  भारतले सदैव सकारात्मक र लोकतन्त्रको पक्षमा भूमिका खेल्दै आए पनि नेपालमा त्यसलाई भारतीय हस्तक्षेपका रुपमा व्याख्या गर्ने गरिएको बताउदै भन्नुभयो यो कुराले नै हामीलाई आश्चर्यमा पारेको छ र नयां दिल्लीमा यो बिचित्रको धारणा प्रति हामीले पनि आश्चर्यको रुपमा लिने गरेका छौं  । उहांले  २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि पछिल्लो दिनका राजनीतिक परिबर्तनमा  भारतको नाम प्रत्यक्ष रुपमा जोडिएको छ तर त्यो केबल नेपाली जनताको भावनालाई सम्मानको लागि मात्र हो । पूर्ब भारतीय राजदूत रेले भारत र नेपालबीचको खुला सीमा दुवै देशको गहनाका रुपमा रहेको बताउदै यो दुनियाका सबैकालागि अनुपम भएको उल्लेख गर्नु भएको छ  । खुला सीमाले जनस्तरको सम्बन्ध र हाम्रो सांस्कृतिक सम्बन्धलाई बलियो बनाइरहेको  उहांले बताउनु भएको थियो । नेपालसँगको खुला सीमा बन्द गर्न जरुरी नभएको उहांको अडान रहे पनि नेपाल भारत सीमा बन्द गर्नुपर्ने कुरा बेला बेलामा नेपाल र भारतमा केही मानिसहरुले उठाउने गरे पनि मधेशका नेपाली नागरिकहरुले यसको समर्थन गर्दैनन  । ‘नेपालकसँगको सीमा भारत–पाकिस्तान सीमाजस्तो सुरक्षाका हिसाबले जटिल सीमा त होइन नि ?’ उहांले अन्तरक्रियामा सहभागीसंग प्र्रश्न गर्नु भएको थियो । सीमामा हुने अवाञ्छित गतिबिधि रोक्न दुवै देशका सुरक्षा निकायबीचको सहकार्य बलियो पार्नुपर्ने  समेत उहाले उल्लेख गर्नु भएको छ ।

 उहांले भन्नुभयो सीमामा आवतजावत गर्ने नागरिकलाई परिचयपत्रको व्यबस्था गर्नुपर्ने धारणा पनि आएका छन ्। मलाई लाग्छ त्यो व्यवहारिक हुँदैन किनकि हजारौँ नागरिकको दैनिक ओहोरदोहोर हुन्छ। त्यसो गर्दा सीमाका नागरिकलाई नै झन्झट हुन्छ’े उहांले भन्नुभयो ।कार्यक्रममा  पूर्वराजदूत जयराज आचार्य, नागरिक समाजका सदस्य डा सुन्दरमणि दीक्षितले रेको पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ् इन्डिया नेपाल टाइज’ माथि टिप्पणी गर्नुभएको थियो । भारतीय पूर्ब राजदूत रेको पुस्तक नेपाल र भारतबीचको सम्बन्ध बुझ्न चाहनेका लागि उपयोगी रहेको बताउनु भएको थियो ।

 

पूर्वराजदूत आचार्यले चीनसँग नेपालको सम्बन्ध विस्तार भइरहेको बताउँदै भारतसँगको सम्बन्धमा त्यसले असर गर्न नहुने बताउनु भएको थियो । ‘हामी भारत र चीनको आर्थिक विकासबाट लाभ लिन चाहन्छौँ। चीन हाम्रो नजिकको मित्र मुलुक हो। तर हामी भारतविरुद्ध चीन कार्ड खेल्न चाहँदैनौँ’ उहाले भन्नुभयो  दीक्षितले नेपाल र भारतबीचको सम्बन्धबारे गहन पुस्तक ल्याएकोमा रेलाई धन्यवाद दिनुभएको थियो । पुस्तकको प्रसंग उल्लेख गर्दै नेपालका नेता भारतसँग राय सल्लाह लिन आफैँ जाने गरेको भारत आउने नगरेको समेत उहांले बताउनु भएको थियो । उहांले भन्नुभयो ‘हाम्रा नेता बाहिर भारत विरोधी कुरा गर्छन् भित्रभित्र भारतको नजिक छु भन्दै दूतावास धाउँछन्। हाम्रा नेताको हिपोक्रिसी प्रष्ट देखिन्छ’ उहांले भन्नुभयो ।दीक्षितले संविधान जारी गर्ने बेला तत्कालीन सभामुख सुभास नेम्बाङलाई भेटेर मधेशी लगायत सबै पक्षको माग समेट्नका लागि केही दिन संविधान जारी गर्ने मिति धकेल्न आग्रह गरेको आफुले पनि बताएको उहांले स्मरण गर्नुभयो ।कार्यक्रममा पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महत, पूर्व राजदूतहरु,लोकराज बराल समेत   नागरिक समाजका प्रतिनिधी तथा परराष्ट्र मामिलाका जानकार सहभागी रहनुभएको थियो ।नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले नेपाल भारतबीच सदियौं देखिको प्रगाढ सम्बन्ध रहेको बताउँदै यो आत्मीयताले नै दुई देशको प्रगतिमा बल पुग्ने बताउनु भएको थियो  । उहाले पूर्वराजदूत रेको पुस्तक दुई देशको अन्योन्याश्रित सम्बन्ध बुझ्न फलदायी हुने भन्दै लेखकलाई धन्यवाद समेत दिनु भएको थियो ।

पूर्व उपराष्ट्रपति परमानन्द झाले नेपाल–भारत सीमालाई नियमन गर्दा दुई देशबीचको ‘रोटीबेटी’ सम्बन्धमा गम्भीर असर पर्ने बताउनु भएको छ ्।  झाले नेपाल–भारत खुला सीमा नियमन गर्ने कुरा समग्र मधेशी जनताका लागि अमान्य भएको बताउनु भएको थियो ।‘खुला सीमा भएकै कारण नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध रहिआएको छ। तर, हाम्रा नेताहरुले भारतसँगको सीमामा पर्खाल लगाउनुपर्छ भन्ने गरेको मैले सुनेको छु। यदि त्यसो गर्ने हो भने त्यसले दुई देशका जनताको आवातजावतमै असर गर्छ। मधेशमा बस्ने सबैको धारणा यही हुनुपर्छ भन्ने मलाई लाग्छ’ उनले जाड दिदै भन्नभयो।रेको पुस्तकमाथि बोल्दै  पूर्ब उपराष्टपति झाले भन्नुभयो भारतसँग जस्तो निकटता नेपालको अन्य देशसँग रहेको छैन । ‘जति हामी भारतका कुरा बुझ्छौँ चीन वा सार्कका अन्य कुनै देशका बारेमा बुझ्दैनौँ’ उहांले भन्नुभयो । झाले भारतसँग सरकारी तहमा सम्बन्धमा बेलाबखत खटपट आउने गरे पनि जनस्तरको सम्बन्ध सदैव राम्रो रहेको उल्लेख गर्नुभएको थियो । स्वामी आानन्द अरुणले नेपाल–भारतको खुला सम्बन्धमा जनस्तरमा बुझाइको कमी भएको बताउदै उहांले भन्नुभयो  नेपाल–भारतको सम्बन्धलाई धार्मिक सांस्कृतिक र आध्यात्मिक दृष्टिले हेर्नपर्दछ  । दुई देशको खुला सीमानामा राजनीति गरिएकोमा उहांले दुख ब्यक्त गर्नुभएको थियो ।

युरोपियन देशहरु खुला सीमा बनाउँदै  एक भइरहेका बेला नेपाल भारतजस्तो सदियौंदेखि खुला सीमा भएको देशमा सीमामा पर्खाल लगाउन आवश्यक नरहेको उहाको बिनम्र आग्रह थियो ।आध्यात्मिक दृष्टिले कुनै देशको सीमालाई सीमित नबनाउने भन्दै नेपाल भारतको खुला सीमामा राजनीति गर्नु र विवाद गर्नुभन्दा दुई देशको सम्बन्धलाई अझै प्रगाढ र गाढा बनाउनुपर्ने उहांले उल्लेख गर्नु भएको थियो  ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?