तराइ मधेश नेपाली काग्रेसको आधार भूमि हो ः कांग्रेस नेता शंकर भण्डारी


बर्दिबास । (असन बजार पत्रिका ) नेपाली कांग्रेस तरूण विभाग प्रदेश न २ ले महोत्तरीको बर्दिबासमा शुभ दिपावली तथा छठ पर्वको सुखद अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवम् नेपाली कांग्रेसको युवा नीति सन्दर्थमा वृहत् छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले देशमा राजनीतिक स्थिरता र प्रजातन्त्रका लागि नेपाली काग्रेसमात्र जनताको भरोसा भएको पार्टी हो भन्नुभएको छ । उहाले नेपाली कम्युनिष्टहरुको इतिहास बेइमानीपूर्ण रहेको उल्लेख गर्दै तराइ मधेशमा नेपाली काग्रेसको आधार भूमि हो भन्नुभयो ।

नेपाली काग्रेस आउने दिनमा तराइ मधेशमा जनताको बिशाल समर्थन प्राप्त गर्ने सफल हुने दाबी गर्दै उहाले भन्नुभयो महाधिबेसन अगाडि बढिसकेकोले अब प्रजातान्त्रिक तरिकाले अधिबेशन अगाडि बढने बिश्वास लिएको छु । अधिबेशन केबल नेतृत्व चयन गर्ने कुरामा मात्रे होइन यो नीतिको बारेमा पनि छलफल गर्ने स्थल हो ।

धेरै साथीहरुले भन्ने गर्नुभएको छ यो पाटी राष्टियता प्रजातन्त्र समाजबादको नारामा अगाडि आएको भएपनि आजको दिनमा नेपाली काग्रेस किन बैचारिक रुपमा कमजोर भएको छ भन्नेबारे नीीतगत बहस पनि हुनुपर्छ । गणेशमान सिंहको निबास चाक्सीबारीमा नेपाली काग्ेसको नेतृत्वमा नेपाली कम्युनिष्टहरु कागेसको पछि लागेर जन आन्दोलनमा सहभागी भएका थिए अनि किसुनजीले २०४७ सालमा राजनीतिक निकास दिनु भएको थियो तर पछिल्लो दिनमा संबिधान जारी गरिदा आम जनताको भावनालाई त्यो रुपमा अनुभूत गरिएको छैन यो पक्षमा भएका कमी कमजोरीलाई सबैले स्वीकार गर्नुपर्छ ।

नेपालको पहिचान हिन्दु बाहुल्य देशको रुपमा भए पनि पछिल्लो दिनमा त्यो पहिचान संकटमा परेकोले नेपाली काग्रेस भित्र आउने अधिबेशनमा यसबारे पनि नीतिगत छलफल हुनपर्ने जनभावना भएको आफुले अनुभूत गरेको उल्लेख गर्नु भएको छ । उहाले नेपाली नागरिकता नपाएका बास्तबिक नपालीहरुलाई नागरिकता दिलाउन नेपाली काग्रैस प्रतिबद्ध रहेको उल्लेख गदै तराइमा रहेको बेरोजगारी हटाउन नेपाली काग्रेसले स्वदेशमा स्वरोजगारीकालागि कोशिस गरिरहेको उल्लेख गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?