मानब अधिकार संगठनले गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझायो


काठमाण्डौ । ( असन बजार पत्रिका ) नेपाल मानब अधिकार संगठनले गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र हालै बुझाएको छ । नेपाल मानव अधिकार संगठनका अध्यक्ष महामुनीश्वर आचार्यले हस्ताक्षर गरेको र संगठनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ नेपाल मानव अधिकार संगठन लोकतन्त्रको पुनस्र्थापनका लागि २०४५ सालमा स्थापना भई मानव अधिकार कानूनी शासन र लोकतन्त्रको सस्थागत विकाशका लागि निरन्तर क्रियाशिल रहेको व्यहोरा विदितै छ ।
विगत केही वर्षदेखी मुलुकमा विधिको शासन, स्वतन्त्र प्रेस, मानव अधिकारको संरक्षण र विकासमा कठोर प्रहार भएको सर्वविदितै छ । यीनै यावत विषयमा माननीय मन्त्रीज्यूमा वुदागत ज्ञापनपत्र तथा ध्यानाकर्षण गराउन चाहान्छौं । भन्दै संगठनले मानवअधिकार समुदाय,नागरिक समाज, प्रेस तथा वुद्धीजीविसँग सहकार्य सुरु गरियोस। भन्दै राज्यसँग सर्वसाधारण , नागरिक समाज, प्रेस ,मानव अधिकार समुदाय डराएर वस्नुपर्ने अवस्थाको अन्त्य गरियोस भन्दै विधिको शासन र मानव अधिकार मैत्री राज्य संयन्त्र निर्माण गरियोस भन्ने माग गरेको छ ।

त्यस्तै , राजनीतिक आस्थाका आधारमा भएका सवैखाले विभेदलाई निर्मुल पारियोस । राज्य सत्ता र सर्वसाधारण विचको दुरी अन्य गरियोस । भन्दै  सशस्त्र द्धन्दका पीडितलाई अविलम्व न्याय दिईयोस भन्ने समेत माग गरेको छ ।
, मुलुकभर नागरिकको सुरक्षा एवं सिमा सुरक्षा व्यवस्था मजवुत वनाईयोस । भन्दै नेपाल प्रहरी लगायतमा हुने सवै प्रकारका हस्ताक्षेपको अन्य गरियोस भन्ने माग गरेको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?