डा बलराम पाठक राष्टिय बाणिज्य बैकको अध्यक्षमा नियुक्त


बिबेक काफले

काठमाण्डौ कार्तिक १६ ।( असन बजार पत्रिका )  अर्थशास्त्रमा प्राध्यापनरत  डा बलराम पाठकलाई नेपाल सरकारले राष्टिय बाणिज्य बैकको अध्यक्षमा नियुक्त गरेको छ । आज नियुक्त भए लगत्तै उहाले आफनो कार्यभार सम्हाल्नु भएको छ । यस अगाडि राष्टिय बिमा कम्पनी लिमिटेडमा सञ्चालक समितिका सदस्य , सहकारी क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएकोे सहकारी बिज्ञ र अर्थशास्त्रमा पि एच डी गरि त्रिभुवन विश्व बिद्यालय अन्तरगत प्राध्यापनरत  डा बलराम पाठक नेपालमा लोकप्रिय मिडिया हाउस युग पब्लिकेशन प्रा लिको अध्यक्षको रुपमा हाल स्थगित रहेको लोकप्रिय राष्टिय दैनिक कमाण्डर पोष्ट समेत सञ्चालन गनु भएको थियो । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नेपाल सरकारबाट नियुक्ती हुनु भएकोमा उहांलाई असन बजार पत्रिका एबिपीनेपाल टिम बधाई ज्ञापन गर्दछ । यस अगाडि उहांसगै एउटै संस्थामा काम गर्नु भएको असन बजार पत्रिका एबिपीनेपालडटकमका प्रधान सम्पादक युगनाथ शर्मा पौडेलले ले टवीटरमा शुभकामना दिदै उहांको पूर्ण सफलताको कामना गर्दै उहाले आफुले प्राप्त गरेको ज्ञान र अनुभवबाट मुलुकलाई समेत नया दृष्टिकोण प्रदान गर्नु हुनेछ भन्ने आशा लिएको बताउनु भएको छ । प्रधान सम्पादक युगनाथ शर्मा पौडेलले भन्नुभएको छ उहा एक इमान्दार र प्रोफेसनल अध्यक्ष हुनुहुन्थ्यो । उहाले आफनो टवीटरमा युग पब्लिकेशनको अध्यक्ष र कमान्डर पोस्टको प्रधान सम्पादकको रुपमा सगै काम गर्दा उहांसग  अत्यन्तै निकट र आत्मीय सम्बन्ध रहेको  जुन सधै स्मरणीय रहेको छ भन्नुहुदै नयां जिम्मेबारीको लागि उहांको पूर्ण सफलताको कामना समेत गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?