मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते


काठमाडौं, २२ कात्तिक  ः  कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका-५ मा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा एक जनाको मृत्युु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा परेर लम्की चुहा नगरपालिका-७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्युु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार अन्य तीन जना समान्य घाइते भएका छन् । लम्की चुुहा नगरपालिका-७ का मोटरसाइकल चालक २५ वर्षकै अभिषेक चौधरी, २० वर्षका जीवन चौधरी र २४ वर्षीय प्रकाश चौधरी घाइते भएको प्रहरीले जनाएको छ । सामान्य उपचारपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको भनाइ छ । (एविपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?