स्याङ्जाका चारवटै प्रदेश क्षेत्रमा सभापति निर्वाचित


वालिङ: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चारवटै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ख मा प्रकाश तिवारी, २ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित हुनुभएको हो । स्याङ्जा २ क मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपसभापतिमा कुलबहादुर गुरुङ, भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी, अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित हुनुभएको हो । कूल ५९८ मतदाता रहेकोमा ५९३ मत खसेको थियो ।

त्यसैगरी २ ख मा महेश भट्टराई विजयी हुनुभएको छ । भट्टराईले ३८२ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गर्नुभयो । उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित हुनुभएको हो । सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?