कांग्रेस पर्वतका सभापतिमा जोशी विजयी


पर्वत : नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी हुनुभएको छ । गए राति सम्पन्न मनगणनामा उहाँले खसेको मतमध्ये ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

निर्वाचनमा सहभागी एक हजार १८६ मतमध्ये उहाँले ६०९ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहे पनि जोशीले जम्मा सहभागी मतको ५१ दशमलव पाँच प्रतिशत मत प्राप्त गरेपछि निर्वाचन समितिले विजयी भएको घोषणा गरेको हो । उपसभापतिमा डा चूडामणि शर्मा र शिवप्रसाद सुवेदी त्यसै गरी सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी भएका छन् ।

त्यस्तै सहसचिवमा अच्युत तिवारीले ६५८ मत ल्याएर विजयी भएका छन् । यसै गरी सहचिवमा तिलक भुसालले ५१९ र विजयी तिवारी विजयी भएका छन् ।

त्यसैगरी महाधिवेशन प्रतिनिधिमा अपाङ्गता भएका व्यक्तिबाट कुलप्रसाद पाध्या, खुला महिलाबाट सीताकुमारी काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ र राधा कुँवर क्षेत्री बिजयी हुनुभएको छ । खुल्ला पुरुषतर्फ रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गङ्गाधर तिवारी, विद्वान् गुरुङ, ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, वसन्तबहादुर सिके र खिमप्रसाद भुसाल विजयी हुनुभएको छ । दलित महिलातर्फ खैसरा नेपाली, दलित खुलामा जीतबहादुर नेपाली, खस आर्य महिलामा मुना शर्मा लामिछाने, मीनाकुमारी केसी र सिर्जना मल्ल विजयी हुनुभएको छ ।

त्यसैगरी खस आर्य पुरुषतर्फ तोरण मल्ल ठकुरी राज, डा केदार सुवेदी र कुलप्रसाद उपाध्याय विजयी हुनुभएको छ भने आदिवासी जनजातितर्फ मीना कर्माचार्य र मोहनबहादुर गुरुङ विजयी हुनुभएको छ । अपाङ्गता भएका व्यक्तितर्फ लेखनाथ पौडेल र मधेसी/मुस्लिम/अल्पसङ्ख्यकबाट सनम बेगम निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला सदस्यमा खुला र भूगोलतर्फ पनि जोशी प्यानलकै उम्मेदवार विजयी हुनुभएको छ ।

कार्यसमितिको परिणाम घोषणालगत्तै निकटम प्रतिद्वन्द्वी मल्लले सभापतिमा विजयी जोशीलाई खादा लगाएर सम्मान व्यक्त गर्नुभएको थियो । निर्वाचित सभापति जोशीले आगामी दिनमा कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउन आफ्नो महत्वपूर्ण भूमिका हुने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?