कांग्रेस तनहुँः सदस्यमा विजयी


 

कांग्रेस तनहुँः सदस्यमा विजयी नेपाली कांग्रेस तनहुँको सदस्यमा महिला खसआर्यमा पवित्रा घिमिरे र सिर्जना तिवारी निर्वाचित हुनुभएको छ । आज साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार घिमिरे ९०३ र तिवारी ८२३ मत प्राप्त गर्नुभएको छ । अल्पसङ्ख्यक मुस्लिम अपाङ्गतर्फ दलबहादुर दुरा ८८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै सदस्य खुल्ला खसआर्यतर्फ टीकाराम हड्खले ८५० र रामबहादुर अधिकारी ८७० विजयी हुनुभएको छ भने महिला आदिवासी जनजातितर्फ केशरी थापा मगर ८८४, केशरी दुरा ८४६, भीमकुमारी आले ८३४ र रिया गुरुङ ८५८ विजयी भएका छन् । अन्य आदिवासीतर्फ इन्द्रबहादुर थापा ७५८, गलबहादुर गुरुङ ८३२, तिलबहादुर थापा ८२४, नवीन थापा मगर ८४४ र भरतकुमार श्रेष्ठ ७७२ मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला दलिततर्फ चन्रीता सेन्धुरी ८३४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने दलिततर्फ नोकबहादुर विक १४१९ र मीनबहादुर चदारो ८७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । पालिकातर्फ व्यास नगरपालिकामा महिलाबाट कल्पना पोखरेल ८५९, अन्यबाट रामशरण अधिकारी ८११ र सूर्यभक्त भण्डारी ८३८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने शुक्लागण्डकी नगरपालिकामा अन्यबाट अम्बिका घिमिरे ८४०, श्रीराम सुवेदी ८२९ र महिलातर्फ मधुमाया पन्थी ७९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । भिमाद नगरपालिकामा अन्यबाट प्रेमकुमार श्रेष्ठ ८८९, रामनाथ सुवेदी ८१६ तथा म्याग्दे गाउँपालिका अन्यबाट सूर्यमोहन काफ्ले ८३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । बन्दीपुर गाउँपालिकामा महिला सदस्यतर्फ इनकन खनाल ८२७ र अन्यतर्फ शिव खत्री ८५० मत प्राप्त गरी विजयी हुनुभएको छ । भानु नगरपालिकामा अन्यतर्फ राजकुमार श्रेष्ठ ९२४, राम रेग्मी ७९३ र महिलातर्फ सिर्जना श्रेष्ठ ८८४ मत प्राप्त गरी विजयी हुनुभएको छ । ऋषिङ गाउँपालिकामा अन्यतर्फ दुर्गाबहादुर राना ९१२, घिरिङ गाउँपालिका महिलातर्फ बोमाया राना ९२३, देवघाट गाउँपालिकामा अन्यतर्फ खम्बरसिं राना ९३४ र आँबुखैरेनी गाउँपालिकामा अन्यतर्फ केशवनाथ खनाल ८९३ मत प्राप्त गरी विजयी हुनुभएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि अपाङ्गतर्फ प्रकाश पन्थ ७८९ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि अपाङ्गमा कृष्णबहादुर थापा विजयी हुनुभएको छ । यसअघि आइतबार पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको थियो । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?