कास्की कांग्रेसको उपसभापतिमा कुँवर-भण्डारी र दैलेख सभापतिमा रेग्मी


गण्डकी : नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको उपसभापति पदमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा कुँवरले ७२१ र भण्डारीले ६८५ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै दुई सचिव पदका लागि भानुभक्त ढकाल र देवेन्द्र भाट विजयी बन्नुभयो । नौजनाको उम्मेदवारी परेको सो पदमा ढकाल र भाटले क्रमशः ६८३ र ६८० मत प्राप्त गर्नुभयो । निर्वाचनबाट सहसचिवमा नवीन सिग्देल र शङ्कर ढुङ्गाना विजयी बन्नुभएको छ । पोखरा महानगरपालिकाबाट खुल्ला सदस्यमा डा दीपक सुवेदी, माइकल कर्माचार्य, युवक लामिछाने (युवराज) र विश्वशङ्कर पालिखे विजयी बन्नुभएको छ ।

त्यस्तै रुपा गाउँपालिकाबाट खुल्ला सदस्यमा खेमबहादुर गुरुङ र महिलामा दक्षिणा सुवेदी, मादी गाउँपालिका र माछापुच्छ«े गाउँपालिकामा खुल्ला सदस्यमा क्रमशः ऋषिराम सुवेदी र सुदीप गौतम विजयी बन्नुभएको छ । समानुपातिक खस आर्यतर्फबाट खुल्ला सदस्यमा रामजीप्रसाद कोइराला र गणेश बस्नेत, समानुपातिक आदिवासी जनजाति तर्फबाट खुल्ला सदस्यमा चौबहादुर गुरुङ र मानेन्द्र कुमाल, समानुपातिक (मधेशी वा थारु वा मुस्लिम) सदस्यमा कसीरन मिया विजयी बन्नुभएको छ । प्रदेश अधिवेशन प्रतिनिधि अपाङ्गताबाट भीमप्रसाद पौडेल विजयी बन्नुभएको छ । सभापति पदमा आइतबार नै किशोरदत्त बराल निर्वाचित भइसक्नुभएको छ ।

कांगे्रस महाधिवेशन: दैलेख सभापतिमा रेग्मी
कर्णाली: नेपाली कांगे्रसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित हुनुभएको छ ।

प्रतिद्वन्द्वी घनश्याम भण्डारीलाई ३७ मत अन्तरले हराउँदै ७९१ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । गत शुक्रबारदेखि सुरुआत भएको अधिवेशनमा शनिबार मतदान र आइतबार साँझ मतगणना सम्पन्न भएको थियो । जिल्ला नेतृत्व चयनका लागि भएको मतदानमा एक हजार ५५९ मत खसेको थियो । कांगे्रसका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता विवशकुमार बस्नेतले उपसभापतिमा नवराज शाही, रीताकुमारी शाही, सचिवमा खेमराज वली, नारायणप्रसाद रेग्मी, सहसचिवमा कनकबहादुर सेन र महेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । त्यस्तै, प्रदेश महाधिवेशन प्रतिनिधिमा विमलविक्रम शाही र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नरबहादुर खड्का निर्वाचित हुनुभएको जानकारी दिनुभयो ।

कांगे्रसका पुराना नेता नवनिर्वाचित रेग्मी १३ औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार भई पराजित हुनुभएको थियो । दैलेख क्षेत्र नं २ का पूर्वक्षेत्रीय सभापति भण्डारी हाल दुल्लू नगरपालिकाका प्रमुख हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?