आजादी का अमृत महोत्सव (भारत @ 75) को अवसरमा र विश्व एड्स दिवस मनाउन मनाइयो


काठमाडौं (असन बजार पत्रिका) : आजादी का अमृत महोत्सव (भारत @ 75) को अवसरमा र विश्व एड्स दिवस मनाउन, भारतको महावाणिज्य दूतावास, वीरगंज द्वारा दूतावास परिसर भित्र डिसेम्बर ०१, २०२१ मा विहान ०८ बजे रक्तदान शिविरको आयोजना गरियो । कार्यक्रममा महावाणिज्य दूतावासका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटीको वीरगन्ज कार्यालयको सहयोगमा शिविर सञ्चालन गरिएको थियो । वाणिज्य दूतावास अधिकारी तथा कर्मचारीहरु माझ रक्तदान गर्ने अभ्यासलाई अभिप्रेरित गर्न र रक्तदान सम्बन्धी जनचेतना फैलाउन प्रतिबद्ध छ । महावाणिज्य दूत नितेश कुमारले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू र महावाणिज्य दूतावासका सदस्यहरूलाई उहाँहरूको अमूल्य योगदानको लागि धन्यवाद दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?