भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना


चेन्नई:  तमिलनाडुमा बुधबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । यस हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार रहेका थिए ।

तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खोजी र उद्धार कार्य सुरु गरिएको स्रोतले जनाएको छ । थप विवरणहरु प्राप्त नभएको जनाइएको छ । (रासस/एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?