आजादीका अमृत महोत्सव इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना


काठमाडौं (असन बजार पत्रिका): स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, भारतीय राजदूतावास, ले काठमाडौंस्थित होटल एलोफ्टसँग सहकार्य गर्दै आजादीका अमृत महोत्सव इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ । उक्त महोत्सवमा भारतीय सुप्रसिद्घ सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी गरिएको थियो । नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले उक्त ‘फ्लेभर्स अफ कश्मीर’ महोत्सवको 10.12.2022 को उद्घाटन गर्नुभयो ।

फुड फेस्टिभल काठमाडौंको ठमेलस्थित होटेल एलोफ्टमा मंसिर २४ देखि पौष ४ सम्म चल्नेछ । भारतमा मात्र नभई विश्वभर ‘पृथ्वीमा स्वर्ग’ नामले परिचित कश्मीर प्राकृतिक छटाले मात्र भरिपूर्ण नभइ खानाको परिकारको लागि पनि परिचित छ ।
रमाइलो स्वादिष्ट परिकारहरूको विस्तृत प्रसारमा समावेश छ- कश्मीरी पुलाव, रिस्ता, गुश्ताबा, तबकमोज, लाल चिकन, कबाब, फिरनी आदि।भारतको ७५ औं स्वतन्त्र वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको हो । यो कार्यक्रम आजादीका अमृत महोत्सव इण्डियन फुड फेस्टिभल श्रृंखलाको शुरुवात पनि हो ।

उद्घाटन समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरूद्वारा कश्मीरको समृद्ध सम्पदा झल्काउने साँंस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो, भारतीय दूतावासबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?