कांग्रेस महाधिवेशन : सभापतिमा डा कोइराला र निधिको उम्मेदवारी


काठमाडौँ: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि नेपाली कांग्रेसका नेताहरु डा शेखर कोइराला र विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघि आजै सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन गरिसक्नुभएको छ ।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा भर्खरै चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापति पदामा उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले पनि मनोनयन दर्ता गराउनुभएको थियो ।

त्यस्तै सहमहामन्त्रीमा रञ्जीत कर्ण, रामकृष्ण यादव, किशोरसिंह राठौर, कमला पन्त, जीवन परियार, विकास लामा र तेजुलाल चौधरीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?