निर्माण व्यवसायी सङ्घ बागलुङको अध्यक्षमा गुरुङ


बलेवा: निर्माण व्यवसायी सङ्घ बागलुङको अध्यक्षमा रामराज गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बागलुङ बजारमा भएको पाँचौँ अधिवेशनले उहाँका नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र खड्का, उपाध्यक्षमा सन्दीप खड्का, अरुण शाक्य र मधुसुधन राजभण्डारी चयन हुनुभएको छ । सदस्यहरूमा दीपककुमार अदै, दुर्गाबहादुर खत्री, सुजन लामिछाने, लोकेन्द्रबहादुर केसी, सङ्गम घर्तीमगर, दलबहादुर श्रीष राना, योगेन्द्र बहादुर भण्डारी, विमलेश आचार्य, राजीन खड्का, ध्रुव खड्का, मनोज खड्का र सनी केसी चयन हुनुभएको छ ।

त्यस्तै आमन्त्रित सदस्यमा बुद्ध बोहरा, नरबहादुर केसी, कृष्णबहादुर केसी, सुरज खड्का र क्षेत्रबहादुर केसी चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै पूर्वकेन्द्रीय सदस्य प्रकाश आचार्यले निर्माण व्यवसायीका समस्यामा सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभो । आचार्यले समस्याको चाङका बीचमा राष्ट्र निर्माणका सहयोगी व्यवसायीलाई राज्यले हेर्ने नजर फरक रहेको बताउनुभयो । उहाँले सबै व्यवसायीलाई एउटै डोकोमा राखेर मूल्याङ्कन गर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा पाँचौँ अधिवेशनका संयोजक कुमार खड्का, संस्थापक अध्यक्ष जयचन्द्रप्रसाद श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

एमाले बरेङगाउँ कमिटी अध्यक्षमा थापा

नेकपा (एमाले) बरेङ गाउँ कमिटीका अध्यक्षमा झोमबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बरेङ बजारमा सम्पन्न गाउँ अधिवेशनले थापाको नेतृत्वमा सर्वसम्मत गाउँ कमिटी चयन गरेको हो ।

अधिवेशनको उद्घाटन गर्दै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत स्थानमा जित हासिल गर्ने भन्दै गुरुङले सङ्गठन बलियो बनाइरहेको एमालेसँग गठबन्धन डराइरहेको बताउनुभयो । कार्यक्रम एमालेका पोलिटब्यूरो सदस्य तथा खेलकुद विभाग प्रमुख लीलाबहादुर थापाले राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज उठाउने राष्ट्रवादी र विकासवादी पार्टी एमालेमात्रै भएको दाबी गर्नुभयो । नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य मनकुमारी केसी, बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपाली, जिल्ला अध्यक्ष हीराबहादुर केसी, पूर्वकार्यवाहक अध्यक्ष कृष्ण पाठकलगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?