भारत-नेपाल मैत्री क्रिकेट खेल आयोजना सम्पन्न


बीरगंज: आजादी का अमृत महोत्सव अन्तर्गत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा ०५ मार्च २०२२ मा बीरगंजमा भारत-नेपाल मैत्री क्रिकेट खेल आयोजना गरीएको थियो। सहभागी दुई टोलीहरू कन्सुल जनरलको टोली (CG-11) र CDO को टोली (CDO-११) थिए। CDO-11 द्वारा टस जितेर पहिले ब्याटिङ रोजिएको थियो । सिजी–११ टोलीलाई ७२ रनको लक्ष्य दिइएको थियो । CG-11 ले दुई ओभर बाँकी रहँदै लक्ष्यलाई सफलतापूर्वक पछ्यायो। CDO-11 मा नेपालका विभिन्न सरकारी निकायका अधिकारीहरू थिए। खेलको उद्देश्य भारत र नेपालका अधिकारीहरू बीचको सम्बन्धलाई प्रगाढ बनाउनु र स्वस्थ स्वास्थ्यमा खेलकुदको महत्त्वलाई उजागर गर्नु थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?