अन्तर्राष्ट्रिय महिला दिवस: नेपालमा भारतीय महावाणिज्य दूतावासले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ


बीरगन्ज: आजादी का अमृत महोत्सवको रूपमा, बीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा वाणिज्य दूतावास परिसरमा ०८ मार्च २०२२ को दिन अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो। महावाणिज्यदूत नितेश कुमार ज्यूले यस्ता कार्यक्रम आयोजनाको महत्व र आवश्यकतामा जोड दिए । कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाज जस्ता समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दै मधेस प्रदेशका करिब २५ प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको थियो ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा “दिगो भविष्यको लागि आज लैङ्गिक समानता” मा महिलाहरू द्वारा आफ्ना विचारहरू प्रस्तुत गरियो। महिलाहरूले आफ्नो संघर्ष, उपलब्धि र पूर्वाग्रह तोड्ने तरिका र उपायहरूबारे कुरा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?