राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गरिने


काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र नेपालीको हितका खातिर जुनसुकै मुलुकले प्रदान गर्ने सहयोग स्वीकार गरिने बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले राष्ट्र र जनताको हित विपरीतका सहयोग आफ्नो पार्टीले सधैँ अस्वीकार गर्ने स्पष्ट पार्नुभयो । “राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गर्नुपर्छ,” उहाँले भन्नुभयो । मुलुक र जनतालाई नै केन्द्रमा राखेर आफू राजनीतिमा होमिएको उल्लेख गर्दै उहाँले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे फैलाइएको नकारात्मक भ्रम चिर्न पार्टीका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

‘घर–घर जाउँ, कांग्रेस जिताऊँ’ अभियानलाई व्यापक बनाउनुपर्ने तथा पार्टीलाई सबै स्थानमा विजयी गराउन नेतृत्व पङ्क्तिका साथै तल्लो तहका कार्यकर्ता पनि उत्साहका साथ लाग्नुपर्ने नेता सिंहले बताउनुभयो । आसन्न निर्वाचनमा उम्मेदवारको अभिलाषा लिएकालाई वैधानिक बाटोबाट अघि बढ्न उहाँले सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?