दमौलीमा बृहत् योग विज्ञान शिविर हुने


तनहुँ: यही वैशाख ३ देखि ७ गतेसम्म दमौलीमा निःशुल्क योग विज्ञान शिविर आयोजना गरिने भएको छ । व्यासनगरपालिका–३ खुल्ला मैदानमा बिहान ५ देखि ७ बजेसम्म योग शिविर आयोजना गरिने पतञ्जली योग समिति तनहुँ शाखाका अध्यक्ष शिवराज काफ्ले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।उक्त शिविरमा कम्तीमा दुई हजार मानिस सहभागी गराउने उहाँले जानकारी दिनुभयो ।

मानिसको शरीरमा आठवटा चक्र हुन्छन् । ती सबै चक्रलाई सक्रिय बनाउन सकिए मानसिक र शारीरिक तनावबाट मुक्ति पाउन सकिने हुनाले शिविर अपरिहार्य शाखा अध्यक्ष काफ्ले बताउनुभयो । शिविरमा केन्द्रीय प्रभारी लवदेव गुरु, युवा प्रभारी लोकनाथ खनाल, केन्द्रीय सदस्य वरिष्ठ प्रशिक्षक खुमानन्द ज्ञावली र प्रदेश प्रशिक्षक नरेन्द्रमान लालचनले प्रशिक्षण दिनुहुनेछ । तनाव व्यवस्थापन गर्न सकारात्मक सोचको विकास गराउन र जीवन पद्धतिमा परिवर्तन ल्याउन योग शिविरको आयोजना गर्न लागिएको शाखाका महामन्त्री राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?