बीपी कोइराला भारत–नेपाल फाउण्डेशन, काठमाडौं सचिवालयले १३१ औं अम्बेडकर जयन्ती मनायो


काठमाडौं : काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै बीपी कोइराला भारत–नेपाल फाउण्डेशन, काठमाडौं सचिवालयले आज १३१ औं अम्बेडकर जयन्ती मनायो । पूर्व सभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्राध्यापक लोकराज बराल र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनका सचिव नवीन कुमारको उपस्थितिमा नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
२. कार्यक्रममा डा. यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मा जस्ता विद्वानहरुले आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालय–नेपाल सेन्टर फर कन्टेम्पररी स्टडीजको पनि आज उद्घाटन गरिएको थियो।
३. सो अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. यादवले सामाजिक न्याय र समावेशीकरणका लागि डा. भीम राव अम्बेडकरको योगदान र भारतको संविधान निर्माणमा उनको उल्लेखनीय नेतृत्व र दूरदृष्टिको स्मरण गर्नुभयो । पूर्व सभामुख ढुङ्गानाले नेपालसहित दक्षिण एसियाभरी नै अहिलेको परिपेक्ष्यमा बाबासाहेब अम्बेडकरको संवैधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकता माथि प्रकाश पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?