श्रीलङ्काको सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार


कोलम्बो: श्रीलङ्काको सरकार प्रदर्शनकारीहरूसहित वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका युवा प्रदर्शनकारीहरूसहित वार्ता गर्न सरकार तयार रहेको बुधबार बताउनु भएको हो ।

आन्दोलन गरेर भन्दा पनि वार्ताबाट नै मागहरूको सम्बोधन गर्न र सहमति गर्न सकिने भएकाले वार्तामा आउन पनि उहाँले आग्रह गर्नुभयो ।

मुलुकको आर्थिक सङ्कट तत्काल समाधान गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेको बुधबार पाँचौ दिन भएको छ ।

त्यसैगरी देशमा भइरहेको अभाव, महङ्गी, लगायतका समस्या समाधान गर्न पनि उनीहरूले माग गर्दै आइरहेका छन् ।

उनीहरूको आन्दोलनका कारण केही समय देशमा सङ्कटकाल र केही ठाउँमा कफ्‌र्यु समेत लगाइएको थियो । तर अहिले भने हटाएर जनजीवन सामान्य भइसकेको छ । तर आर्थिक सङ्कट भने गहिरिदै गएको छ । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?