दक्षिण अफ्रिकमा बाढीका कारण ३९५ को मृत्यु, राष्ट्रपति रामफोसाद्वारा बाढी पीडितका नाममा प्रार्थना गर्न नागरिकलाई आग्रह


जोहानेसबर्ग: दक्षिण अफ्रिकामा बाढीका कारण करिब ४०० व्यक्तिले ज्यान गुमाएपछि शुक्रबार राष्ट्रपति सिरिल रामफोसाद्वारा बाढी पीडितका नाममा प्रार्थना गर्न नागरिकलाई आग्रह गर्नुभएको छ ।

चर्चको भाषणको क्रममा राष्ट्रपति रामाफोसाले दक्षिण अफ्रिकामा बाढीले ग्रस्त मानिसहरूका लागि प्रार्थना गर्न आह्वान गर्नुभएको हो ।

दक्षिणपूर्वी तटीय शहर डर्बान र वरपरका इलाकाहरूमा विपत्ति आएको पाँच दिनपछि पनि उद्धारकहरूले दर्जनौंको खोजी कार्य जारी राखेका छन् भने अहिलेसम्म ३९५ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ ।

उहाँले भन्नुभयो, “हामी क्वाजुलु–नेटाल (प्रान्त) का हाम्रा नागरिकहरूको लागि प्रार्थना गरौं ताकि उद्धारकर्ताले उनीहरूलाई सकुशल उद्धार गर्न सकून् ।”

उहाँले थप्नुभयो, “यो बाढी हाम्रो देशमा हामीले पहिला कहिल्यै नदेखेको ठूलो अनुपातको विपत्ति हो, यति धेरै मानिसहरू मर्न सक्छन् ।”

रामफोसाले बाढी प्रभावित क्षेत्रमा पुगी केटाकेटीलगायत १० जना सदस्य गुमाएको परिवारका सदस्यलाई भेटी समवेदना प्रकट गर्नुभएको थियो । स्थानीय टेलिभिजन नेटवर्कमा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा बोल्दै राष्ट्रपतिले उनीहरूलाई भन्नुभयो, “राष्ट्रपतिको हैसियतमा समेत मैले अनुभव गरेको सबैभन्दा दुःखको क्षण यही हो ।”

उहाँले भन्नुभयो, “पीडितहरूका नातेदार, आफन्तहरूले अनुभव गरेको पीडा र दुःख वर्षौंसम्म रहनेछ किनभने तिनीहरूमध्ये केहीले भर्खरै आफ्ना परिवारका सदस्यहरूलाई उद्धार गर्न असमर्थ भएको देख्दा पानीले बगाएको देखेका छन् ।

उहाँले पिडित परिवारलाई हातैले समातेर पानीको शक्तिले उनीहरूलाई लग्यो यसमा राज्य निरिह बन्नुप¥्यो । प्रकृतिको अगाडि हाम्रो केही लागेन ।
यो साता आएको बाढीले करिब ४१ हजार मानिसलाई प्रभावित बनाएको छ । (रासस-एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?