ताइवानमाथि प्रहार चीनको हुनेछ हार ?


समाचार विश्लेषण

काठमाडौं : विस्तारवादी छवि बनाएका चीनका कम्युनिस्ट शासक सि जिन पिंग ताइवानमाथि हमला गरेर ताइवानको स्वतन्त्र अस्तित्व समाप्त पार्ने योजनामा संलिप्त छन् । उसले हमलाका लागि आवश्यक सम्पूर्ण तयारी गरिसकेका छन् । त्यसको पछिल्लो प्रमाणस्वरुप ताइवानको स—सना टापुमाथि हमला गर्न दक्षिणी चीन सागरमा ठूलो संख्यामा सैनिक उपस्थिति जनाएको छ । ताइवानका शासकलगायत विशेष गरेर अमेरिकालगायत बाँकी विश्वलाई तर्साउन चीन युद्ध अभ्यास गरिरहेका छन् । युद्ध अभ्याससँगसँगै रुसको मोडलमा आज हो कि भोलि ताइवानमाथि हमला गर्न तम्तयार देखिन्छ । एकातिर चिनियाँ एकतर्फी रुपमा लागेका छन् भने के चिनियाँ तयारी सफल होला त भन्ने प्रश्न पनि अर्कोतर्फ रहेको छ । निश्चय पनि चीनको सैन्य क्षमताको कुरा गर्ने हो भने ताइवान धैरै नै कम देखिन्छ । तर क’नैबेला संयुक्त राष्ट संघको सुरक्षा परिषद्को सदस्य भइसकेको देश त्यसमाथि पनि स्वतन्त्र देशको स्वाद चाखेर सार्वभौम भूमिकामा संलग्न देशका नागरिक आफ्नो मातृभूमिको रक्षा गर्न अवश्य पनि अगाडि बढ्ने छन् । रसियाले युक्रेनमाथि आक्रमण गरे झैँ चीनले ताइवानमाथि हमला गर्ने भुल चीनले गर्नेछैन भन्ने सैनिक विशेषज्ञहरुको विश्लेषण छ । किनकी आज युक्रेन एक्लै रसियासँग लडिरहेको छ भने ताइवानसँग सिँगो अमेरिका र उसका गठबन्धन देश आबद्ध छन् । ताइवानमाथि चीनले हमला गर्ने भनेको चीन सीधा अमेरिकासँग लड्नु हो । हरेक तरहबाट अमेरिका ताइवानको रक्षा गर्न बचनबद्ध छ । ताइवान र अमेरिकाबीच सैन्य सम्झौता छ । जसका कारण ताइवान अमेरिकाको एक प्रकारको रक्षा कवच हो । तर आफुलाई विश्वको एक प्रमुख आर्थिकका साथसाथै सैन्य शतिmको दावी गर्ने चीनलाई अहिले अतुलनीय शतिmको मात चढेको छ । त्यसैको आधारमा चीनले कहिले ताइवानको हवाई क्षेत्रको उल्लंघन गर्ने गर्छ भने कहिले युद्धपोत नजिक लगेर बारंम्बार तर्साएर दादागिरी प्रर्दशन गर्छन् । दक्षिणी चीन सागरस्थित ताइवान र चीनको जल सिमाना म’स्किलले तीन सय किलोमिटरभन्दा टाढा छैन । तर चीनले आजसम्म ताइवानमाथि सैन्य हमला गर्न सकेको छैन । त्यसको कारण एकै मात्र के हो भने ताइवानी जनताको जबरजस्त मातृभुमि प्रेम र अमेरिका नै हो । त्यसैले गर्दा चीनले आजको मितिसम्म बाँदरे फूर्तिबाहेक अर्को केही गर्न सकेको छैन । चीनको सरकारी मिडियाको प्रचारलाई मान्ने हो भने ताइवानको अस्तित्व त कुन जमानामा समाप्त भइसक्यो । तर यथार्थ धरातल भने बैग्ल छ । हो चीनले अप्रिल बीस तारिखका दिन हाइपरसोनिक मिसाइल परीक्षण गरेर ताइवान र अमेरिकालाई चेतावनी दिएको छ । यो चेतावनी एकतर्फी हो । हातहतियार विज्ञका अनुसार अमेरिकासँग हाइपरसोनिक जस्ता मिसाइल धेरै पहिलादेखि स’रक्षित छन् । मात्र अमेरिका सूचना युद्धमा जाँदैन । जबकी चीन आफ्नो कम्युनिष्ट चरित्रअनुसार प्रचार युद्धका लागि अर्बौं रुपैयाँ खर्च गर्छन् । पैसा खर्च गरेर क्षणिक लाभभन्दा केही प्राप्त हुदैन भन्ने चीनलाई थाहा हुँदाहुदै पनि चीन कम्युनिष्ट चरित्रमै रमेर बस्न रुचाउँन छन् । त्यो उसको वास्तविक तथा सक्कली चरित्र हो । जहाँसम्म चिनियाँ स्वदेशी हतियारको कुरा छ, अधिकांश हातहतियार रिभर्स इन्जिनियरिंग प्रविधिमा आधारित छ । यो कुराका सम्बन्धमा बाँकी विश्वलाई भलीभाँती जानकारी छ । चीनको ब्रह्मास्त्र मानिने डोंगफेंग अन्तर महादेशीय क्षेप्यास्त्र र जेएफ सत्र स्टील्ठ युद्धक विमानको असर पनि हेर्न बाँकी छ । चीनको हतियारको मुकाबिलामा अमेरिकाले ताइवानलाई एकसेएक घातक हतियार दिइराखेको छ । त्यही हतियारको दममा ताइवानले चिनियाँ युद्धक विमानलाई आकाशमा लखेट्ने काम गरिरहेको छ । जुन निरन्तर जारी छ । चिनियाँ धम्की र दादागिरीका विरुद्ध सिँगो ताइवान बलियोसँग उभेको छ । ताइवानी अधिकारीका अनुसार चीनी सैनिकको तुलनामा ताइवानी सेना नैतिक आधारमा उँचो रहेको छ । चीन कम्युनिष्ट चरित्रअनुसार हरेक आफ्ना चिनियाँ सेनालाई बिना कारण युद्धमा होम्न चाहन्छन्, सेनाको इच्छाबेगर किनभने युद्धमा उत्रने सेनाको मनोबल उच्च हुनुपर्दछ तर चिनियाँ सेनामा त्यो देखिँदैन् । यसको ठीक विपरीत, संख्यामा कम भएपनि ताइवानी सेना उच्च मनोबलका साथ चीनसँग लड्न तयार देखिन्छ ।
ताइवानमाथि आक्रमण गर्ने चिनियाँ रणनीतिअनुसार राजधानी ताइपेईलाई घेर्न वरिपरिका ससना टापुलाई पहिले नियन्त्रणमा लिने र पछि राजधानी ताइपेईलाई आत्मसमर्पण गर्न दबाब दिने हो । तर चिनियाँ रणनीति कार्यान्वयन हुनु अगाडि चीन अमेरिका र उसका सहयोगी मुलुकको भीषण प्रत्याक्रमणलाई बेहोनु पर्ने हुन्छ । जुन चीनका लागि महँगो साबित हुनेछ । अर्कोकुरा केही गरी चीनले ताइवानमाथि आक्रमण गरिहाल्यो भने ऊ आर्थिक रुपमा घाटा सहन तयार हुनु पर्दछ । किनभने चीन अहिले विश्वको खासगरी अमेरिका र युरोपको औद्योगिक उत्पादन केन्द्र हो । भोलि आक्रमणकै बीचमा अमेरिका र युरोपीय मुलुकले आफ्ना उत्पादन केन्द्रलाई थप लगानी वा बन्द गर्न सक्छ । त्यस परिस्थितिमा चीनमा आर्थिक घाटाका साथसाथ बेरोजगारी बढ्ने छ । विशाल जनसंख्या रहेको देशमा बेरोजगारी व्यवस्थापन गर्न धैरै मुस्किल पर्नेछ । अचेल युद्धको विश्लेषण गर्दा आर्थिक मुद्दा अहम विषय हो । यो कुरा चिनियाँ अधिकारीहरुलाई राम्ररी हेक्का रहेको हुनुपर्दछ । चीनले मौखिक रुपमा ताइवान आफ्नो भूभाग रहेको बेमौसमी मन्त्र त सँधै जपिरहेको छ । सपना देख्नु र मन्त्र जप्नु कुनै ठूलो क’रा होइन, कुरा के हो भने के साँच्चै चीन ताइवानमाथि आक्रमण गर्न तयार होला त ? तमाम आर्थिक अवस्था, भूराजनीतिक परिस्थिति र सैन्य परिवेशलाई दृष्टिगत गर्दा चीनले ताइवानमाथि आक्रमण गर्न सय होइन, हजार होइन लाखौँ पटक शालीन भएर सोच्नु पर्नेहुन्छ । तर हतियार र आफूले भण्डारण गरेको विदेशी मुद्राको सँचितिको आडमा चीनलाई युद्धको पारा चढेको छ । उसलाई कम्युनिष्ट चरित्रअनुसार युद्ध चाहिएको छ । भूराजनीति र वैश्विक परिस्थिति आफू अनुकूल नहुँदा नहुँदै पनि यदि चीन ताइवानमाथि यदि हमला गर्दछ भने आखिरमा पश्चिमा राजनीतिक विश्लेषकको मत र परिणामअनुसार चीन नौ टुक्रामा विभाजन हुनेछ र बाँकी संसारले सदाकालका लागि कम्युनिष्ट शासन हेर्न पर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?