भारत कूटनीतिक डंकामा, पाकिस्तान ऋणको फन्दामा !


काठमाडौं । यतिबेला भारतका प्रधानमन्त्री युरोपको यात्रामा छन् । उनी अहिले जर्मनीको भ्रमणमा छन् । विश्व कूटनीतिको चर्चा गर्दा फरक यहाँनिर पाइन्छ कि जब कहिल्यै पाकिस्तानका प्रधानमन्त्री वा अन्य उच्च राजनीतिक नेताहरु विश्वका कुनै देशको भ्रमणमा जान्छ भने त्यस भ्रमणको पछाडि कति ऋण, अनुदान वा कति भीख मागेर ल्याउन सफल भयो भनेर मूल्यांकन गर्ने गरिन्छ । प्रेसमा पनि यही कुराले चर्चा पाउने गर्दछ । तर भारतीय नेताहरुको विश्व भ्रमणको मूल्यांकन र सन्दर्भको भिन्न ढंगबाट हुने पाइएको छ । भारतीय नेताहरुको भ्रमणलाई रणनीतिक साझेदारी, औद्योगिक विकास, अन्तर्राष्ट्रिय राजनीति र व्यापार अभिवृद्धिबारे लिने गरिन्छ । विश्व कूटनीतिमा भारत र पाकिस्तानको बीचमा यही नै मूलभूत भिन्नता रहिआएको छ । फरक यत्ति हो भारत विश्व समुदायको एक साझेदार हो भने पाकिस्तान एक भिखारी हो । पाकिस्तान अन्तर्राष्ट्रिय समुदायमा पैसा माग्न जान्छ भने भारत व्यापार, विश्व जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय रक्षा मुद्दाबारे छलफल गर्न जान्छ । यी तमाम मुद्दामाथि पाकिस्तानका कुनैपनि नेता आफ्नो मुलुक बाहिर भ्रमणमा जाँदा चर्चासम्म गर्ने गरिएको पाइएको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो युरोप यात्रामा निस्कनु अघि भनेका थिए, म अत्यन्तै विश्वको कठिन परिस्थितिमा केही युरोपीय मुलुकको यात्रामा जाँदैछु । जहाँ युक्रेन–रुसबीच युद्ध जारी छ । युद्धको बदला शान्तिबाहेक अन्य विकल्प छैन । मेरो प्रयास रहने विश्वमा शान्ति कायम होस् । जर्मनीका एक मन्त्री डा. टोबियस लिन्डरले भनेका छन्, भारत एक सुपरपावर देश भएको र उनको सहभागिता विना विश्वका कुनैपनि समस्या समाधान गर्न मुस्किल पर्दछ । डा. लिन्डरको भनाइमा दम पनि देखिन्छ किनभने विश्वमा भारतसँग मिलेर अगाडि बढेमा आर्थिक उन्नतिका साथसाथै अन्य क्षेत्रको प्रगति गर्ने मार्ग प्रसस्त छ । आज विश्वका के–ठूला के–साना देश भारतसँग मित्रता गाँसेर आफ्ना जनताको समृद्धि चाहन्छन् । त्यसकारण भारत आज एक उदाउँदो ग्लोबल सुपरपावर हो । विगत केही समय यता भारतमा विश्वका इङ्ल्यान्ड, पोर्चुगल, युरोपीय संघका अध्यक्ष, लग्जेम्बर्ग, नेदरल्यान्ड, अमेरिका, रुसलगायत देशका राष्ट्रपति, प्रधानमन्त्रीलगायत अन्य शीर्षस्थ नेताहरुले भ्रमण गरिसकेका छन् । यो भारतको असल कूटनीति र निष्पक्ष विदेश नीतिको परिचायक हो । तर विडम्बनाको कुरा छ, यत्रो समयावधिमा विश्वका कुनैपनि राष्ट्रका नेताहरुको पाकिस्तानमा उच्चस्तरीय भ्रमण हुन सकेको छैन । पाकिस्तानमा सत्ता परिवर्तन भइसकेपछि पहिलो पटक प्रधानमन्त्री शहवाज शरीफको साउदी अरेविया भ्रमणमा पाकिस्तानको अन्तर्राष्ट्रिय बेइज्जती भएको कहीँ कतै लुकेको छैन । आफ्नै देशका प्रधानमन्त्री साउदी अरेबिया जाँदा त्यहाँ स्वयं पाकिस्तानी जनताले चोर भनेर विरोधमा नारा लगाउनु अन्तर्राष्ट्रिय बेइज्जती नभए अरु के हुन्छ ? जबकि भारतीय प्रधानमन्त्रीको वाही वाही भएको जो कोहीले पनि अनुभव गरेका छन् । भारतलाई आज विश्व समुदायका मुलुकहरुले आफ्नो मूल्यमान्यतासँग जोडेर हेर्छन् भने पाकिस्तानको स्थिति प्रायः शून्य रहेको छ । भारत विश्वमा एक सम्मानजनक स्थिति राख्छ भने पाकिस्तानको गणना नै हुँदैन । भारतीय प्रधानमन्त्री मोदी डेनमार्क नेदरल्यान्ड र फ्रान्सको भ्रमणमा पनि जाने छन् । यी राष्ट्रहरु आविष्कार, क्लिन इनर्जी एन्ड टेक्नोलोजी, एजुकेशन, हेल्थ केयर, मानवअधिकार र कानुनी शासनको मान्यतामा विश्वास राख्छन् र यिनीहरु यसमा भारतको सहयोग र सहभागिता जनाएर अभिवृद्धि गर्न चाहन्छ । भारत आफंैमा एक विश्व बजार हो । विश्वका कुन देश विशाल र असीमित बजारको फाइदा उठाउन चाहँदैनन् ? जो कोही पनि यत्रो ठूलो बजारमा अवश्य पनि डुबुल्की मार्न चाहन्छ । यो नै भारतको अन्तर्राष्ट्रिय समुदायमा सम्मानजनक स्थान र मूल्यमान्यता हो । सन् १९४५ मा अंग्रेजले भारतलाई धर्मको आधारमा विभाजन गरेर पाकिस्तान बनाएपछि भारतले आफ्नो विकासमा थुप्रै फड्को मारिसकेको छ भने पाकिस्तान आतंकवादी उत्पादन गरेर आतंकवाद निकासी गर्न व्यस्त रहेको अवस्थामा पाकिस्तानको अन्तर्राष्ट्रिय समुदायमा सम्मान र स्थान खोज्नु सर्वथा अन्याय हुनेछ ।

(एजेन्सीको सहयोगमा आधारित समाचार विश्लेषण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?