पुटिनको चेतावनी ः “अमेरिका र नाटोलाई कडा जवाफ दिनेछौं”


काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सीमामा अमेरिका नाटो आबद्ध देशहरुले परमाणु हतियारसहित सेना तैनाथ गरिएकोमा त्यसकाविरुद्ध कडा जवाफ दिने बताएका छन् ।

सन् १९४५ मा हिटलरी सेनामाथि रुसले विजय हासिल गरेको उपलक्ष्यमा रुसको राजधानी मस्कोस्थित रेडस्क्वायरमा आयोजित भिक्ट्री परेड समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने, “रुस हमेशा पश्चिमी मुलुकहरुसँग मित्रता चाहेको तर पश्चिमी मुलुकले धोका मात्र दिएको छ ।”
उनले अगाडि भने, “नाटोले हाम्रो सीमा क्षेत्रमा परमाणु हतियार तैनाथ गरेको छ । रुस आफ्नो मुलुकको रक्षा गर्न सक्षम छ, नियो नाजिज्मसँग कुनै सम्झौता हुँदैन् । हामी हाम्रा दुश्मनहरुलाई कडा जवाफ दिन तयार छौं, हामी विजयका लागि तत्पर छौं, रुस आफ्नो हितमा काम गर्छ, डोनवासको दुई स्वतन्त्र देश लुहान्त्स्क र डोनेत्स्कका जनताको रक्षाका लागि त्यहाँका जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्न चाहन्छौं । ”

पुटिनले भने, “रुसलाई अमेरिकाले सदैव लक्ष्य बनाएको छ । हामी नाटो र अमेरिकालाई कडा जवाफ दिन तयार छौं ।”
उनले शहीद वीर योद्धाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीदका परिवारप्रति सम्मान प्रकट गरे । मे ९ तारिखका दिनमाथि पूरा अमेरिका र युरोपीय देशहरुको निगरानी थियो । पश्चिमा मुलुकका विज्ञहरुले राष्ट्रपति पुटिनले के बोल्छ, त्यसको के अर्थ हुन्छ भन्ने तमाम अड्कलवाजी गरेका थिए । पुटिनले रुसको सीमा जोडिएको छिमेकी देशमा परमाणु हतियार र सेना तैनाथ गरेकोमा असन्तोष जनाउँदै त्यसको कडा जवाफ दिने बताएर अमेरिका र पश्चिमी देशहरुको मुस्किल बढाउको छ ।

भिक्ट्री परेडको सवैभन्दा आकर्षक पक्ष “एअर शो” थियो । रुसी मिडियाका अनुसार मस्काकोे मौसम खराब भएकाले एअर शो कार्यक्रम रद्द गरिएको छ । तर पश्चिमी रक्षा विशेषज्ञहरुका अनुसार एअर शोमा कुनै किसिमको अप्रिय (स्याबोटाज) स्थिति उत्पन्न सक्ने शंका रहेकाले कार्यक्र रद्द गरेको हुन सक्छ । भिक्ट्री परेडमा अत्याधुनिक हातहतियारसहित ६५ हजार सैनिकहरुले आकर्षक परेड गरेका थिए । (एजेन्सीको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?