सिर्जनाको सिर्जनात्मक जागरणमा जागेको सभ्यताको शंखनाद


 

युगनाथ शर्मा पौडेल

ा नेपालको राजनीतिमा महिला सहभागिताको इतिहासमा यस्ता महिलाहरु धेरै छन जसले पारिबारिक जटिलताले आफनो योग्यतालाई समेत बाहिर ल्याउन सकेनन र इतिहासको कालखण्डमा त्यसै बिलाएर गएका छन । उनहरुले आफ्नो राजनीतिक योग्यतालाई घरपरिवारको नाममा बली चढाएका छन यो पुरुषप्रधान नेपाली समाजको तीतो वास्तबिकता हो । राजनीतिमा भाग लिएका नेपाली महिलाहरुले जुन बेला बिबाह बन्धनमा बाधिएका हुन्छन त्यो बेला आफनो मुटुमाथि ढुगा राखेर राजनीतिक यात्रालाई तिलाञ्जली दिन्छन र बस्छन । देशको राजनीतिमा भाग लिएर समाज बदल्छु महिला मुुक्तिको आन्दोलनलाई अगाडि बढाउछु भन्नेहरु पनि त्यो राजनीतिक बिद्रोहलाई दबाएर बसेको छन । जबकि कलेजको समयमा सगसगै राजनीती गरेको केटासाथीले उसको बिबाह पछि राजनीतिको यात्रा रोक्दैन तर महिलाहरुले त्यो यात्रा रोक्छन र बालबच्चाको स्याहार सुसार मात्र होइन सासु ससुराको सेवामा आफुलाई ध्यानमग्न गराउंछन यो राजनीतिको तीतो वास्तबिकता हो महिलाहरुकालागि ।। त्यस्तै आजको दिनमा काठमाण्डौ महानगरको मेयरको उमेदबार बनेकी सिर्जना सिंह आफ्नै योग्यताको बलियो जगमा अघि बढ्दै गर्दा बीचैमा राजनीतिक यात्रा स्थगित भएको एउटा नेपाली महिला हुन । देशमा धेरै सिर्जनाहरु छन जसले आफनो इतिहासको ब्यथालाई पोख्न परिरहेको छ म छोरी बुहारी र आमा भन्दा पनि माथि उठेर यो समाजलाई सेवा गर्न सक्ने सेबिका हु र म मेरो परिचयको आधारमा पनि अगाडि बढन चाहन्छु । उनले यसो भन्दा एक महिलाको भावनामाथि अटटाहास गरिनु धेरै अर्थमा दुर्भाग्यपूर्ण हो नेपाली समाजको महिला जागरणकालागि । आजको दिनमा धेरै  सिर्जना सिंहहरू छन् जसले पति, बच्चा र घर(परिवारका लागि आफ्ना सपनाहरू थन्क्याउँदै आफैले निर्माण गरेको राजनीतिक मैदान छोडेर घरको ब्यवस्थापनमा आफूलाई सीमित गरेका मात्र होइनन र अहिले पनि , गरिरहेका छन् । यो बिद्रोहकालागि गरिएको आह्वान होइन यो वास्तबिकता हो नेपाली समेत दक्षिण एशियाली समाजको । जहा नारीहरु दोस्रो दर्जाको नागरिक दर्जाको ब्यबहारमा छन । २०४६ सालको जन आन्दोलनको कमाण्डर गणेशमान सिंहको बुहारीलाई त यो समाजले एउटी महिला भएकोले कर्के नजरले हेर्छ भने साधारण परिबारबाट राजनीतिमा आएका महिलाहरुलाई बाटोमा कति काडाहरुसग जुध्न परिरहेको होला सहजै अनुमान गर्न कठिन छ ।

गोरखा जिल्लामा १७ बर्षमा नेपाल महिला सङ्घको जिल्लाअध्यक्ष बनेर अगाडि बढेको सिर्जनाको औपचारिक राजनीतिक यात्रा राजनीतिक परिवारमा विवाह भएपछि रोकिएको थियो । यद्यपि सिर्जना सिंहलाई २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व। गणेशमान सिंह र नेपालको राजनीतिमा महिला सहभागिताको जग बसाउनेमध्येकी एक स्व। मंगलादेवी सिंहकी असल बुहारीका रूपमा मात्रै चिन्नेहरू धेरै छन् यो पक्तिकारको ब्यक्तिगत अनुभव के हो भने सिर्जनाको ब्यक्तिगत ब्यबहारको कारण गणेशमान सिंह र मगलादेबी सिंहका ब्यबहार बिर्साउने भनेर अहिले पनि स्मरण गर्दछन मानिसहरु । एक सभामा नेपाली काग्रेसका नेता भिमसेनदास प्रधानले भन्नुभयो प्रकाशमान संग रिसाएर चाक्सीबारी पुगेको मानिस पनि सिर्जनाको बेली बचन र ब्यबहारले प्रसन्न भएर फर्कने गरेका छन यो नै सिर्जना सिंहको कहिलै नरित्तिने सम्पति हो उनको जीवनमा । त्यसो त सिर्जना सिंह औपचारिक रूपमा निर्वाचन लडेर पदमा नरहे पनि सिर्जनाको राजनीतिक चेतका कारण स्व। गणेशमान सिंहको परिवारलाई अघि बढाउनका लागि मात्रै होइन नेपाली काङ्ग्रेससम्बद्ध धेरैलाई राजनीतिमा आउने उतारचढाव र निराशाबाट विचलित नहुनका लागि मद्दत पुगेको कुरा कहिलै बिर्संन सकिदैन भन्छन धेरै भ्क्तभोगीहरु । राजनीतिक भूमिकामा भएका सिर्जनाका श्रीमान प्रकाशमान सिंहलाई भेट्न उहाँको निवास चाक्सीबारी पुग्ने त्यस्ता कमै मानिसहरू होलान् जसले सिर्जनाको ब्यवहारको चर्चा र प्रशंसा नगरेको होस् यो मेचीदेखि महाकालीसम्मका नेपाली काग्रेसका कार्यकर्ता सबैलाई थाहा छ र या्े पक्तिकार समेत यो बिषयमा धेरै जानाकार छ । सबैलाई समान ब्यवहार गर्ने सिर्जनालाई भेट्ने धेरैले राजनीतिलाई निरन्तरता दिन आग्रह गर्ने गर्थे तर उनले समय र जिम्मेबारीलाई पुरा गरेर यो बाटोमा अगाडि बढने निर्णय गरेकी छन जुन धेरै राजनीतिमा अगाडि बढन खोजेका महिलाहरुलाई एउटा शिक्षा पनि हो । त्यसो त ठुलो रुखको छायामा परेपछि कल्कलाउँदो बिरुवामा पनि घाम बिनाको पीडा भोगे जस्तै उनले पनि त्यो भोग्नु परेका इतिहास हो अब । सिर्जनाको सार्वजनिक जीवन राजनीतिक चरित्र उच्च रहेछ भन्ने कुरा आज मौन अबधि शुरु हुुनु अगाडिसम्म उनले दिएका सार्वजनिक अभिब्यक्तिहरूले पुष्टि गरिरहेका छन् । उनलाई बिरोधीहरुले एउटा तिीतो शब्दले प्रहार गर्न सकेनन यो नै उनले काठमाण्डौ महानगरको बासिन्दालाई सिकाउन खोजेको राजनीतिक संस्कार हो । जहा अरुलाई गाली गरिदैन केबल आफनो कुरा मात्रै गरिन्छ ।

नेपाली महिलाहरुका लागि एउटा अभूतपूर्ब शिक्षा पनि हो सिर्जनाको उमेदबारी । अब ती तमाम महिलाहरूले राजनीतिमा अगाडि बढ्ने सपना देख्नेछन् जो वर्षौं अघि छुटेका थिए । उनीहरुले पनि यो रोडम्यापलाई नै अपनाउने बेला आएको छ उनलाई जिताएर । उनीहरूसँगै आएका कति पुरुष यो देशको राजनीतिको उच्च तहमा पुगे, तर समाजले निर्धारण गरिदिएको लैंगिक भूमिका र बच्चा जन्माउने प्राकृतिक जिम्मेवारीकै कारण धेरै महिलाहरू ओझेलमा परे यो उनीहरुको अयोग्यता होइन एउटा घरबार सम्हाल्ने महिलाले महानगर र देशलाई सहज रुपमा सम्हाल्नेछिन र महानघर बनाउनेछिन भन्ने आशा अस्वाभाबिक होइन । नेपालको आजको दिनको कुरा गर्ने हो भने राष्ट्रपति विद्यादेवी भण्डारी पतिका कारण राजनीतिमा आउनु भएको ब्यक्तित्व होइन उहा पनि बिधार्थी राजनीतिमा अखिलको नेता हुनुहुन्थ्यो जब उहाको बिबाह भयो त्यो बेलामा केही कम देखिएको मात्र हो । शंकरदेब क्याम्पसमा आजको दिनकी मन्त्री पम्फा भुसाललाई चुनाब हराउदा सिर्जना सिंह नेपाल बिधार्थी संघको कमजोर नेता थिइनन । सिर्जना सिंहलाई कतिले अहिले गणेशमानकी बुहारी, प्रकाशमानकी पत्नी भने पनि कसैकी पत्नी या बुहारी मात्रै भएर उनी राजनीतिमा आएकी ब्यक्तित्व होइनन् । सक्रिय राजनीतिमा हुँदाहुँदै विवाहपछि उनको राजनीतिक यात्रा रोकिएको थियो यो उनको न कमजोरी थियो न निष्कृयता रु। त्यो त उनको परिबारकालागि एउटा महान जिम्मेबारी थियो उनका । ।अहिले आफ्नै राजनीतिक जगमा उभिएर पारिवारिक विरासतसमेतलाई साथमा लिएर उनी अगाडी बढ्ने क्रममा छिन् भने यो उनको उत्साह र अनुभवले काठमाण्डौ महानगरलाई कमसे कम आजको दिनमा अगाडि बढाउने छ भन्ने सबैले सोचेको बिषय हो । परिवारै राजनीतिमा भएका कारण परिवारको सहयोगले निश्चय नै फरक पार्छ नै र, पार्नु पनि पर्छ । जब राजनीतिमा भएका पतिलाई सफल बनाउन पत्नीहरू आफू ओझेलमा परेर हर तरहले सहयोग गर्छन् भने पतिले पत्नीलाई सहयोग गर्नु सामान्य दायित्व भन्दा अन्य ठान्नु हुँदैन । तर सिर्जना अचानक परिबारको भूमिकाबाट राजनीतिमा आएको आरोप बेबुनियाद हो भन्ने कुरा उनले कोषाध्यक्षमा अहिलेका मन्त्री पम्फा भुसाललाई हराएको कुराले पुष्टि गर्दछ ।
हाम्रो समाजिक संरचनाकाृ कारण , महिलालाई हेर्ने दृष्टिकोणमा दोषहरु छन । जति महिलाहरू आजको दिनमा राजनीतिमा टिकेका छन उनीहरु सहज रुपमा आएका होइनन धेरै कठिन संघर्षमा उनीहरु आएका हुन । विगतमा राजनीति गर्ने धेरै महिलाहरूले विवाहपश्चात पारिवारिक जीवनका लागि राजनीतिक सपनाहरू जाग्न दिएनन् यो त्यो समयका कुरा थियो । तर अब हिजोको दिन होइन । जिन्दगीको एउटा मोडमा पुगेपछि पुराना राजनीतिक सपनाहरू पूरा गर्न कसैले पाइला अगाडि बढाउँछ भने त्यसका लागि अवरोधहरू पन्छाएर बाटो फराकिलो बनाउने जिम्मा परिवारका सदस्य र सम्बन्धित राजनीतिक दलको मात्र होइन समाजको पनि हो । काठमाण्डौ महानगरले पनि त्यो जिम्मेबारी पुरा गर्ने आशा गर्न सकिन्छ आजको दिनमा । सिर्जना सिंहको उम्मेद्वारीको अर्थ बीचमा छुटेको औपचारिक राजनीतिको निरन्तरता हो त्यो अधिकार नेपाली राजनीतिक मैदानका हरेक महिलाहरुलाई छ सिर्जनाको उमेदबारीले महिलाहरुमा नया राजनीतिक जागुरण ल्यायो भने त्यो नेपाली लोकतन्त्र र महिलाह्रुकालागि पनि खुसीका कुरा हो । सिर्जना सिंहको साहसले राजनीतिमा अगाडि बढ्ने सपना ती महिलाहरुले देख्नेछन् जो वर्षौं अघि छुटेका थिए । उनीहरूसँगै आएका कति पुरुष यो देशको राजनीतिको उच्च तहमा पुगे, तर समाजले निर्धारण गरिदिएको लैंगिक भूमिका र बच्चा जन्माउने प्राकृतिक जिम्मेवारीकै कारण धेरै महिलाहरू ओझेलमा परे । कुनै बेलाका जल्दाबल्दा राजनीतिकर्मी तर अहिले कथाको पात्र झैँ बनेका महिलाहरूलाई ब्युँझाउन सिर्जनाको उम्मेद्वारीले भूमिका निर्वाह गर्नेछ । त्यो पनि त्यस्तो परिबारबाट जुन परिबारको नायकले नेपालको प्रधानमन्त्री पद अस्वीकार गरेर उता भारतमा पद नलिने महात्मा गान्धी छन भने यता नेपालमा पनि गणेशमान सिंह छन भनेर नेपाली समाजलाई गौरबपूर्ण इतिहास दिएर आएको छ । यो कम चानचुने कुरा होइन ।
आजको रातीदेखि मौन अबधि शूरु हुनेछ र काठमाडौं महानगरमा संगठनको आधारमा विश्लेषण गर्ने हो भने मुख्य प्रतिपस्र्धा सिर्जना सिंह र केशव स्थापितबीच हुने हो तर यदाकदा बालेनलाई समकक्षी बनाउने पनि एउटा सानो तप्का नरहेको होइन । चुनाव लहडपनले जितिने होइन, संगठनको आधार र नगरवासीलाई विश्वासमा लिन सक्ने आधार प्रस्तुत गर्न सके मात्र गम्भीरतम उम्मेदवारको रुपमा गणना हुने हो । काठमाडौं महानगरको अवस्था, दशा र दिशालाई दृष्टिगत गर्ने हो भने नेपाली कांग्रेस र नेकपा एमाले नै दुई शक्तिशाली पार्टी हुन् । दुई शक्तिशाली पार्टीका दुई उम्मेदवारमध्ये एकको चर्चा गर्ने हो भने केशव स्थापितको थुतुनोले धेरै थुतुनालाई थिलाथिला पारेको छ यो सबैले देखेका छन अब उनको थुतुनो महानगरमा हेर्न महानगरबासीमा उत्साह नदेखिएको जस्तो देखिन्छ । सिर्जना सिंह काठमाडौंका नयाँ र नौलो उम्मेदवार हुन् भन्नेहरुले बुझनु पर्दछ राजनीतिक रुपमा उनी जुन परिुबारबाट आएको हुन त्यो परिबारमा रहेकी उनकी सासु मगलादेबी सिंहले नेपाली महिलाहरुलाई मतदान गर्न नदिने राणाहरु निर्णय बिरुद्ध आन्दोलन गरेर नेपाली महिलाहरुलाई मतदान गर्ने अधिकार राणा शासकबाट नै दिलाएकी थिइन आज काठमाण्डो महानगरका मतदाताहरुलाई उनकी बुहारी सिर्जनालाई मतदान गरेर मगलादेबीलाई फेरि पनि स्मरण गर्ने बेला आएको छ । सिर्जना सिंहको शालीन र भद्रपनलाई कसैले पनि प्रश्न उठाएको देखिएको छैन यो कुरा दावीका साथ भन्न सकिन्छ आजको दिनमा के महानगरले यस्तै सज्जन महिला नेतृ खोजेको होइन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?