नबन्ने भो निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल


काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने राष्ट्रिय गौरवको आयोजना चिसो बाकस (आइस बक्स) मा बन्द हुने भएको छ ।

सर्वोच्च अदालतको बिहीबार बसेको वृहत् इजलाशले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने पूर्ववर्ती र अहिलेका सरकारले अहिलेसम्म आयोजनासम्बन्धी भए गरेका सबै काम कारबाही तथा निर्णयहरु बदर गर्ने आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको वृहत् पूर्ण इजलाशले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भए अन्यत्र ठाँउ खोज्नसमेत आदेश दिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाण्डेले दायर गरेको रिटमा अदालतले अन्तिम फैसला सुनाएको हो ।

बाराको निजगढमा करिब २४ लाख सालका साना–ठूला रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो । वातावरण संरक्षणका लागि क्रियाशील व्यक्ति तथा संस्थाहरूले निजगढमा विमानस्थल बनाउँदा वातावरण र वन्यजन्तुलाई गम्भीरतम क्षति पुग्ने भन्दै उक्त आयोजनाको विरोध गर्दै आएका थिए ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?