प्रजातान्त्रिक भावनाअनुरुप सिंहले दिइन् बालेन्द्रलाई बधाई र शुभकामना


काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन्द्र साहसँग पराजित नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले काठमाडौं महानगरको प्रमुखमा विजयी साहलाई बधाई ज्ञापन गरेकी छन् ।

प्रमुख साहलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिँदै सिंहले लोकतान्त्रिक अभ्यासको परिणामलाई हार्दिकतासँगै  स्वीकार गरेको पनि उल्लेख गरेकी छन् ।

उनले प्रमुखसहित उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा निर्वाचित सबैलाई बधाई र शुभकामना दिँदै महानगरवासीको भावना र चाहनाबमोजिम कार्य गर्न सुझाव दिएकी छन् ।

प्रमुख पदको निर्वाचनमा पराजित भएपछि सिंहले महानगरवासीले आफूलाई दिएको मत अपार माया र दृढ समर्थन भएको भन्दै आभारसमेत व्यक्त गरेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?