पुटिनद्वारा फ्रान्स र जर्मनी नेतासँग छलफल


मस्को: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गर्नुभएको छ ।उहाँले त्यस वार्तामा युक्रेनका विषयमा कुराकानी गर्नुभएको बताइएको छ । साथै उहाँले विश्वमा हाल देखा परिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ ।

शनिबार रुसी राष्ट्रपति पुटिनले उहाँहरुसँग फोनमा कुराकानी गर्नुभएको मस्कोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले युक्रेनको पछिल्लो अवस्था र विशेषगरी युक्रेनमा रुसले गरेको सैन्य कारबाहीबारे जानकारी गराउनुभएको थियो ।

उहाँले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाहीका क्रममा अन्तर्राष्ट्रिय कानुनका साथै अन्य मूल्य मान्यताहरु पनि पालना गरेको जानकारी दिनुभएको थियो । (रासस-सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?