प्रधानमन्त्री देउवा र मेयर साहबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच बुधबार भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री देउवाले मेयर साहलाई बधाई दिएका थिए । भेटमा साहले महानगरपालिकामा नेपाली कांग्रेसको बहुमत रहेकाले विकास निर्माणको काममा सरकार र कांग्रेसको तर्फबाट मद्दत गर्न आग्रह गरेको बताइएको छ ।

मेयर साह निर्वाचित भएपछि प्रधानमन्त्री देउवासँग औपचारिक भेट भएको यो पहिलो पटक हो । यसअघि मेयर साहले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग भेट गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?