अफगानिस्तानमा ७० जोडीको सामुहिक विवाह


काबुल: अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो ।

“सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो,” एक स्थानीय अधिकारीले भने । आर्थिक समस्याका कारणले आफै विवाह समारोह आयोजना गर्न नसक्ने जोडीहरुका लागि आफुहरुले विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरुले जनाएका छन् ।

विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरुका सिमित आफन्तहरु मात्रै सहभागी भएका थिए । अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महङ्गो मानिन्छ । तालिबान सरकारले पनि महङ्गो विवाह समारोहहरु आयोजना गर्न निरुत्साहित गरेको छ । (रासस-सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?