पहिरो खस्दा पृथ्वी राजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध


दमौली,  ५  असार  ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिरा खसिरहेको छ ।  सडक अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?