पेट्रोलमा २१ रूपैयाँ, डिजेल र मट्टीतेलमा २७ रूपैयाँ मूल्य बढ्यो


काठमाडौँ: सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो। नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावतनै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?