भाई पत्रकारको पार्टीमा दाई पत्रकार नजाने !


काठमाडौं,  ७  असार ।  पत्रकार रवि लामिछाने पनि नेपाली राजनीतिमा प्रवेश गरेका छन् । उनले आज मंगलबार एक पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी पनि खडा गरेका छन् । उनले पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखे । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले आम नागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान् मान्छेहरूको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको बताए ।

 

लामिछानेले सबैजसो राजनीति दलसँग कुरा भए पनि आफू कुनै पार्टीमा प्रवेश नगर्ने निर्णय लिएको बताए । उनले, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’ यसैबीच रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै यनका दाई हरिशरण लामिछानेले आफू सो पार्टीमा आजीवन संलग्न नहुने घोषणा गरेका छन् । रविले घोषणा गरेको नयाँ पार्टीले परिवारवाद निषेध गर्ने बताएपछि हरिशरणले सो घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?