भारतमा थप बाह्र हजारभन्दा बढी सङ्क्रमित


नयाँदिल्ली,  ८  असार  :  सोमबार मध्यराराति अर्थात २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १२ हजार २४९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हाल भारतमा ८१ हजार ६८७ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ ।
सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१९ प्रतिशत हो । पछिल्लो एक दिनमा नौ हजार ८६२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख २५ हजार ५५ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ । कोरोना महामारीबाट मङ्गलबार भारतमा १३ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८७० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ४५ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ८८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।  (रासस÷एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?