आजदेखि पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै


काठमाडौँ : सरकारले २७ वटा जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप दिने भएको छ । आजदेखि पहिलो चरणमा २७ जिल्लामा असार १५ गतेसम्म पहिलो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा खोप भने २ श्रावणदेखि ८ सम्म दिइनेछ । पहिलो चरणमा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा, मधेश प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ भने काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्व,सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइनेछ ।

सबै बालबालिकालाई विद्यालयमै खोप दिइने छ । दोस्रो चरणमा भने ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा लगाइने छ । यस्तै दोस्रो मात्रा भदाै २७ देखि असोज १ गतेसम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?